काठमाडौं : न्यूजिल्याण्डमा एक जना नेपाली युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ। गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएक...
राहदानी च्यातेर यौन धन्दामा लगाइयो
काठमाडौं : मानव तस्करहरुले नेपाली युवतीलाई केन्याको यौन बजारमा विक्री गरिरहेको खुलेको छ। केन्याको एउटा बारबाट त्यहाँको प्रहरीले ६ जना भन्दा धेरै नेपाली युवतीलाई नियन्त्रणमा लिएपछि यो खुलासा भएको हो ।
समाचार अनुसार केही महिनायता नेपाली युवतीहरु केन्याका रात्री डान्सबारबाट पक्राउ पर्ने क्रम बढेको छ। गत वर्ष नोभेम्बरमा नेपालबाट केन्या पुगेकी २० वर्षीया असली बाइ अहिले नेपाल जाने उपायको खोजीका लागि प्रहरीको शरणमा छिन्।
आर्थिक अभावका कारण ७ वर्षकै उमेरमा स्कुल छाडेकी उनको स्कुल खर्च परिवारले बेहोर्न सकेनन्। त्यही कारण उनी यौन व्यवासयमा लाग्दै नेपालबाट केन्यासम्म पुगेकी हुन्।
यी युवती (नेपालको ठेगाना खुलेको छैन) आफ्नो परिवारकी सातौँमध्ये पहिलो सन्तान हुन्। घरकी पहिलो सन्तान उनी स्कुलबाट निस्किएपछि नेपालकै डान्सबारमा नाच्न थालेकी थिइन्।
नेपालको डान्सबारमा नाच्दा नाच्दै उनको भेट युवतीहरुलाई यौन व्यवसायमा लगाउने एजेन्टमध्ये एक विशालसँग भएको थियो। त्यसपछि उनै विशालले आर्थिक अभाव झेलिरहेकी उनलाई केन्यामा गतिलो कमाइ हुने सुझाएका थिए । उनैले केन्यामा राम्रो जागिर मिल्ने उपाय पनि उनलाई बताए।
'विशालले मलाई एक यस्ता व्यक्तिबारे बताएका थिए, जसलाई म जस्तै कलाकारको खाँचो थियो, मैले पनि मेरो इच्छा अनुसारको जागिर भेट्ने भएँ', उनले भनेकी छन्, 'विशालले त्यसपछि मलाई असिफ नामका अर्का व्यक्तिसँग सम्पर्क गराए।'
त्यसपछिको केही सातामै असिफसँग भेटघाट भएर उनले केन्याको यात्रा तय गरिन्। राहदानी बनेपछि बाइले केन्याको मोम्बासासम्म जाने हवाई टिकट पनि पाइन्। जसको सबै व्यवस्था गरेका थिए उनै असिफले।
केन्याको चर्चित अनलाइन डेली नेशनका अनुसार उनी नोभेम्बर २०१८ मा मोई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्। जहाँ उनलाई लिनका लागि पुगिसकेका थिए असिफ। त्यसपछि उनलाई बमबुरीको एउटा अपार्टमेन्टमा एक दिन आरामका लागि राखियो।
त्यसको एक दिनमै उनलाई नयाँ जागिर केन्यामा भेटिएको खबर गरियो। उनका लागि यो जागिर थियो न्यालीस्थित न्यू रंगीला बारमा नर्तकीको। त्यसपछि उनले त्यो बारमा नाच्नका लागि स्थानीय मुज्रा नृत्यको अभ्यास थालिन्। त्यसपछि उनै एजेन्ट असिफले उनको राहदानी च्यातेर फालिदिए।
नेपालबाट केन्यामा बेचिएका चार महिलामध्ये एकजनाले यो कथा केन्यलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय तहमा भइरहेको महिला बेचविखनको अनुसन्धानका क्रममा पुलिसलाई सुनाएकी हुन्। यी नेपाली युवतीको बयानले यौनजन्य व्यवसायका लागि केन्या कसरी अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दैछ भन्ने प्रष्ट पारेको छ । यौनजन्य व्यवसायका लागि केन्या युवती मात्रै नभइ बालिकाको पनि ट्रान्जिट बनिहेको बताइएको छ।
यौनजन्य कामका लागि केन्या ल्याइएका केही नेपाली महिला गत अप्रिल १३ मा न्याली पुलिस स्टेशनमा पुगेका थिए। उनीहरुलाई त्यहाँस्थित एउटा बारबाट पक्राउ गरिएको थियो। उनीहरुलाई केन्याका बारमा नृत्यसँगै यौनजन्य काममा लगाएर यौनदासी बनाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले छापेका छन्।
प्रहरीले नेपाली युवतीलाई यौन दासी बनाउन केन्यामा बेचिएको प्रकरणमा मानव तस्करहरुमध्ये मोम्बासा टाइकुनलाई गिरफ्तार गरेको छ। पक्राउ परेका यी तस्करमाथि विभिन्न तीन संगिन आरोप लगाइएको छ। उनीहरुमाथि मानव तस्करी, युवतीहरुको राहदानी च्यातिदिएको र अवैधरुपमा यौनजन्य क्रियाकलापमा लगाएकोसहितका अभियोग प्रहरीले लगाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।