सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
रौतहट : खेतमा पानी पटाउनका लागि मोटर संचालन गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। गौर नगरपालिका ९ सिर्सियाका ४० वर्षीय रामचन्द्र हजराको आइतबार बिहान १० बजेको बिजुलीको तारमा करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर अचेत रहेका हजरालाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजादै गर्दा मृत्यु भएको थियो। मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।