समाज

हेलिकोप्टर नआएपछि राहतसामग्री सदरमुकाममै थन्कियो

असार ८, २०७६

    संखुवासभा  : मकालुमा पहिरोले विस्थापित भएका २९ परिवारलाई आइतबार लाने भनिएको राहत सामग्री सदरमुकाम खाँदबारीमै थन्किएको छ। असार २ गते आएको पहिरोले विस्थापितमा परेका २९ परिवारलाई पनि राहत सामग्री लग्ने तयारी भएको थियो। 

    मौसममा खराबी आएपछि नेपाली सेनाको हेलिकोप्टर काठमाडाैंबाट खाँदबारी आउने नसकेपछि विस्थापित परिवारको राहत सामग्री जिल्ला प्रहरी कार्यालयको हेलिप्याड मै थन्किएको छ।

    मौसम खराबी भएपछि हेलिकोप्टर नआएकाले राहत सामग्री पेपुवा पुर्‍याउने नसकिएको जिल्ला समन्वय समितिका सभापति सुमन शाक्यले जानकारी दिए। मौसम सफा भए विस्थापित परिवारलाई सोमबार विहान राहत सामग्री पुर्‍याइने उनले बताए। भौगोलिक रुपमा समेत कठिन भएकाले बोकेर वडास्तरसम्म लैजाने अवस्था समेत नभएका कारण हेलिकोप्टर माग गरिएको उनको भनाइ छ। 

    मकालु गाउँपालिकाले विस्थापित भएका २९ परिवारलाई राहत सामग्री दिने भएको हो। गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, सय किलो नुन, ७२ थान पाललगायतका राहत सामग्री खरिद गरेर सदरमुकाम खाँदबारीमा राखेको थियो। पहिरोले मकालु ५ पेपुवामा चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका छन्।

    २२ घर उच्च जोखिममा परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चेमली राईले जानकारी दिइन्। पहिरोले सिंगो गाउँनै चिरा चिरा बनाएका कारण कुनै पनि बेला पहिरोले चार गाउँका ५० परिवार भन्दा बढी प्रभावित भएका छन्। विस्थापीत पेपुवाबासी एकै ठाउँमा भेला भएर रातभर जागारम बसी रहेको सिरान टोलका स्थानिय नरबहादुर राईले जानकारी दिए।

    माथिबाट पहिरो खस्ने डरले पेपुवाका  चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सार्नु पर्ने भए पनि हेलिकोप्टर जान नसकेपछि उनीहरू अहिले खुल्ला ठाउँमा जोखिम मोलेर बस्न बाध्य छन्।

    पहिरोले गैरीगाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडा गाउँ पहिरोको उच्च जोखिममा छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]