खेलकुद

प्रधानमन्त्री कप महिला प्रतियोगिता : सुदूरपश्चिमको दोस्राे जित

असार ८, २०७६

    कञ्चनपुर : महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ। आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश ५ लाई ५१ रनले पराजित गर्‍यो। 

    प्रदेश नम्बर पाँचले  टस जितेर फिल्डीङ रोजेपछि सुदूरपश्चिमले व्याटिङको निन्तो पाएको थियो। सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अट आउट हुँदै एक सय रन बनायो। उसका लागि कविता कुँवरले उत्कृष्ट पारि खेलिन्।

    २५ बलको सामना  गरेकी कविताले आठ चौकासहित ४३ रनको योगदान गरिन्। त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निसा भट्टले आठ, मञ्जु बोकटी चार र टिम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाइन्। 

    प्रदेश ५ का लागि नेरी थापा र अलिसा केसीले तीन/तीन विकेट लिए पनि टीमलाई जिताउन सकेनन्। एक सय एक रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको प्रदेश ५,  १६ ओभरमै अल आउट भयो। उसका लागि लक्ष्मी चौधरीले नट आउट १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

    सुदूरपश्चिमका लागि कसिलो बलिङ गर्ने क्रममा टिम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिइन्। त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई/दुई विकेट लिए। उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुँवर बन्न सफल भइन्।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]