विश्व

ट्रम्पका सुरक्षा सल्लाहकारले इरानलाई दिए चेतावनी

असार ८, २०७६

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाद्वारा इरानविरूद्ध गरेको आक्रमणको तयारीबाट पछि हट्नुलाई ‘कमजोरी’ नठान्न इरानलाई चेतावनी दिएका छन्।

    जेरूसेलम भ्रमणमा रहेका जोन बोल्टनले आइतबार इजरायली प्रधानमन्त्रीसँगको भेटपूर्व सञ्चारकर्मीसँग भने, ‘इरान वा उसका सहयोगी अन्य कुनै मुलुकले घटनालाई कमजोरी नठानोस्। यो त केबल अमेरिकाद्वारा धेरै मानिसको क्षति नहोस भन्नका लागि अपनाएको सावधानी हो।‘

    ‘उक्त समय अमेरिकाले संयमित नबनेको भए धेरै निर्दोष इरानी सर्वसाधारणको पनि ज्यान जानसक्थ्यो’, बोल्टनले भनेका थिए। उनले नेतन्याहुसँग भेटेपछि संयुक्त प्रतिक्रिया दिँदै भनेका थिए, ‘मध्यपूर्वका जनतामाथि धावा बोल्ने अधिकार कसैलाई छैन।‘

    बोल्टनले इरानलाई आणविक हतियार निर्माण गर्न र भण्डारण गर्न कहिल्यै दिइने छैन भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरिसकेको जनाउँदै अमेरिकी सेना तयारी अवस्थामा रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]