प्रवास

कमाउन कतार पुगेका विनोद जब हत्या अभियोगमा जेल पुगे

मृत्युदण्डको फैसला नभएको दूतावासको दाबी

असार ८, २०७६

    दोहा : क्लिनरमा काम गर्न कतार आएको केही महिनामै चितवनका विनोद रानाभाटलाई भारतीय साथीलाई अस्पताल लैजान लाग्दा हत्याको आरोप लाग्यो। यो आरोपसँगै उनी जेल परे ।

    भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका रानाभाटलाई मृत्युदण्डको सजाय दिइएको समाचार आयो। तर अहिले कतारस्थित नेपाली दूतावासले उनीविरूद्ध मृत्युदण्डको फैसला नभएको जनाएको छ। 

    सामाजिक सञ्जालमा रानाभाटलाई मृत्युदण्ड दिइएको हल्ला फैलिएपछि कतारस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै कतारी अदालतले तीन वर्ष जेल सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको जनाएको छ ।

    ‘आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दूतावासले मृत्युदण्डको फैसला नभएको जनाएको छ ।

    योगी योगेन्द्र/दोहा
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]