खेलकुद

कोपा अमेरिका : ‘गर या मर’को अवस्थामा 'अभागी' अर्जेन्टिना

बलियो कतारविरुद्ध स्पष्ट जितसँगै भाग्यको आशा

असार ८, २०७६

    काठमाडौं : गत २ संस्करणको फाइनलिस्ट अर्जेन्टिनालाई यो पटक कोपा अमेरिकाको समूह चरण पार गर्नै चुनौती देखिएको छ। गत दुवै संस्करणमा चिलीसँग उपाधि गुमाएर अभागी सावित अर्जेन्टिना यो पटकको कोपा अमेरिकामा सुरूबाटै कमजोर देखिएको छ। 

    उपाधि दाबेदार मानिए पनि कमजोर देखिएको उसले अन्तिम खेलमा एसियाकप विजेता कतारको सामना गर्दैछ। सोमबार बिहान हुने खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्था हुनेछ। 

    कोलम्वियासँग २–० र पाराग्वेसँग १–१ को बराबरी खेलको अर्जेन्टिना १ अंकको साथ समुहको अन्तिम स्थानमा छ। यता पाराग्वेसँग २–२ गोलको बराबरी र कोलम्वियासँग १–० ले पराजित कतार गोलअन्तरमा अर्जेन्टिना भन्दा माथि छ।

    समुह चरण नाघ्ने अंक गणित

    दुवै टिमले स्पष्ट जित निकालेमा मात्रै नकाउट चरणमा प्रवेश गर्न पाउँदैनन्। त्यसपछि हुने पाराग्वे र कोलम्वियाको खेलको नतिजाले विजेता टिमको भाग्य निर्धारण गर्नेछ। 

    कोलम्बिया यसअघिका दुवै खेलमा जित निकालेर ६ अंकसहित समुह विजेताका रुपमा क्वार्टरफाइनलमा पुगिसकेको छ। उसले पाराग्वेविरुद्ध औपचारिकताका लागि खेल्नेछ।  

    पाराग्वे कोलम्बियासँग पराजित वा बराबरी भएको खण्डमा अर्जेन्टिना र कतारबीचको विजेता अघिल्लो चरणमा प्रवेश पाउनेछ। 

    त्यो अवस्थामा ४ अंक हुँदा पाराग्वे हारे कोलम्बियाको खातामा ९ र बराबरीमा रोकिए ७ हुन्छ भने पराग्वे हारे उसको खातामा २ र बराबरीमा रोकिए ३ अंक मात्रै हुन्छ। तर, यदि कोलम्बिया र पाराग्वेबीचको खेलमा पाराग्वेले जितेको खण्डमा भने अघिल्लो चरण प्रवेशको लागि एउटै मात्र सम्भावना कायम रहन्छ। त्यो हो उत्कृष्ट २। 

    उत्कृष्ट २ 

    कोपा अमेरिकामा सहभागी १२ टिमलाई ३ समुहमा विभाजन गरिएको छ। जस्को समुह विजेता र उपविजेता गरी ६ टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछ। 

    बाँकी २ टिमलाई भने उत्कृष्ट दुईको विधिबाट लगिन्छ। ३ वटै समूहको तेस्रो स्थानमा रहेका ३ टिममध्येबाट शीर्ष दुईमा पर्ने टिमलाई क्वार्टरफाइनलमा प्रवेश दिइन्छ। 

    यदि ती ३ टिमबीच अंक बराबरी भए गोलअन्तरमा अगाडि रहने टिम अर्को चरण जान्छ। तसर्थ, उत्कृष्ट दुईमा पर्न पनि राम्रो गोलअन्तर आवश्यक हुन्छ। उत्कृष्ट २ मा सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो गोलअन्तर आवश्यक हुन्छ। हाल अर्जेन्टिना भन्दा कतारको गोलअन्तर राम्रो छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]