खेलकुद

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

असार ९, २०७६

    कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना समुह ‘बि’ को उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ। समूहचरणको अन्तिम खेलमा एसियन च्याम्पियन कतारलाई २–० ले पराजित गर्दा अर्जेनिटना नकआउटचरणमा स्थान बनाउन सफल रह्यो। अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश भिडन्तमा भेनेजुएलाको सामना गर्ने छ।

    खेलको चौंथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो। कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए। दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दा अर्जेन्टिनाको जित सहज भयो।

    त्यस्तै अर्जेन्टिना आफ्नो नतिजा सँगै कालम्बीयाले पनि अर्जेन्टिना सापेक्षित नतिजा निकाल्यो। उसले समुहमा सबै खेल जित्ने क्रममा पाराग्वेलाई १–० ले हरायो। कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे। लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो। ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो कतार १ अंकसहित पुछारमा रहयो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]