राजनीति

नगरसभा गर्न सूर्यविनायक नगरपालिकाले दियो आज र भाेलि बिदा

असार ९, २०७६

    भक्तपुर :  सूर्यविनायक नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ।  पाँचौं नगरसभाको तयारी र व्यवस्थापनका लागि नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

    नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको  नगरपालिकाकी उपमेयर जुना बस्नेतले  बताइन्।

    नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]