खेलकुद

महिला विश्वकप : फ्रान्स र इङ्ल्यान्ड अन्तिम आठमा

असार ९, २०७६

    महिला विश्वकपमा आयोजक फ्रान्स र इङल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएका छन्। आइतबार भएको खेलमा फ्रान्सले उपाधिको दाबेदार ब्राजिललाई २–१ र इङल्यान्डले क्यामरुनलाई ३–०  ले हराएका हुन्।

    ओसियान डि हाव्रेमा भएको आइतबारको दोश्रो खेलमा जित निकाल्न आयोजक फ्रान्सले अतिरिक्त समय कुर्नुपर्‍यो। खेलको ५२ औ मिनेटमा भेलरी गौभिनले आयोजक टोलीलाई सुरुवाति अग्रता दिलाएकी थिइन। ६२ औ मिनेटमा ब्राजिलकी थिसाले खेल बराबरीमा ल्याइन्। निर्धारित ९० मिनेटमा दुबै टिमबाट १–१ गोल भएपछि जित निकाल्न १०५ औ मिनेटमा कप्तान आमानडेनी हेनरीले निर्णायक गोल गरिन्।

    पराजयसँगै ब्राजिलको उपासध हात पार्ने लक्ष्य अन्तिम १६ बाट समाप्त भयो। सेमीफाइनल प्रवेशका लागि फ्रान्सले स्पेन र अमेरिकाविचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

    त्यसैगरी स्टेड डु हाइनेटमा भएको खेलको क्यामरुनविरुद्ध सुरुवातबाटै इङल्यान्डले दबाब सृजना गरेको थियो। खेलको चौथो मिनेटमा स्टेफेन हग्टनका गोलबाट इङल्यान्डले अग्रता बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा एलेन टोनी हवाइटले अग्रता दोव्बर बनाइन्। ५८ औ मिनेटमा एलेक्स ग्रिनहुडले गोल थपेपछि ३–० को जित निकाल्दै इङल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो। 

    इङल्यान्डले सेमिफाइनल प्रवेशका लागि नर्वेको सामना गर्नेछ। नर्वेले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।  प्रतियोगिता अन्तरगत आज स्पेनले डिफेन्डिङ च्याम्पियन अमेरिका र क्यानडाले स्विडेनको सामना गर्दैछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]