पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
फ्लाइटमा निदाएका कारण टिफानी एडम्स नाम गरेकी एक महिलालाई एअर क्यानडाको जहाजभित्रै थुनिनु पर्यो।
दुई साताअघि भएको घटना सुनाउँदै उनले भनिन्, 'क्युवेकबाट टोरन्टोका लागि उँड्दै गर्दा जब म ब्युँझिएँ, जहाजमा कोही पनि थिएन। असाध्यै चिसो थियो, मैले आँफुलाई सिटबेल्ट बाँधिएकै अवस्थामा पाएँ। जहाज एअरपोर्टमा पार्क गरिएको अवस्थामा थियो।' घटनायता आँफूलाई राम्ररी निन्द्रा नपरेको भन्दै उनले त्यो एक्लो रातको आतंकले पछ्याउन नछाडेको बताइन्।
टिफानीले फेसबुकमा लेखेकी छिन्, 'म ब्युँझिदा मध्यरात भइसकेको थियो। जहाज ल्याण्ड भएको एकाध घण्टापछि ब्युँझेकी थिएँ। जहाजभित्र मुटु कमाउने जाडो र निष्पट्ट अँध्यारो थियो। मेरा लागि निकै डरलाग्दो अनुभव थियो।'
ब्युँझेपछी उनले साथी डिएनालाई फोन गरिन्, फोनको ब्याट्री सकिन लागेकाले हतार हतार स्थितिको वर्णन गर्दै सहयोग मागिन्। डिएनाले एअर क्यानडामा सम्पर्क गरेपछि बल्ल जहाजका कर्मचारी टिफानीलाई खोज्दै आए। 'मेरो त होसहवास उँडिसकेको थियो, टिफानीले भनिन्, टर्च बाल्दै कोही खोज्न आएपछि बल्ल होस फर्कियो।' एअर क्यानडाले टिफानीसँग माफी माग्दै घटनाको छानविन भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।