काठमाडौँ : औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्...
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चिकित्सा शिक्षा ऐनविपरीत पोष्ट ग्राजुएट्स (पिजी) तहको कार्यक्रमका लागि नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीका लागि बढी सिट छुट्याएको भन्दै नेपाली चिकित्सकहरूले विरोध जनाएका छन्।
यसैबीच चिकित्सकहरूले प्रतिष्ठानले स्नातकोत्तर (पिजी) तहको सिट बाँडफाँडमा गम्भीर गल्ती गरेको भन्दै हस्तक्षेप गरी सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सिट बाँडफाँडमा संलग्न अधिकारीमाथि कडा कारबाहीको समेत माग गरेका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका सरकारी चिकित्सक संघ नेपाल (गोदान) युवा चिकित्सक संघ र केही स्वतन्त्र चिकित्सकहरूले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई संयुक्तरूपमा भेटेका थिए। उनीहरूले मन्त्री यादवलाई छुट्टाछुट्टैरूपमा तयार पारेको ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। त्यसैक्रममा उपप्रधानमन्त्री यादवले सरकारको ध्यानाकर्षण भएको र ऐनविपरीत भए आवश्यक कदम चाल्ने बताएका छन्।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले प्रतिष्ठानका पदाधिकारीहरूले पैसाको प्रलोभनमा परी स्वदेशी जेहेन्दार विद्यार्थीलाई निरुत्साहित गर्नेगरी स्वदेशीको सिट काटेर विदेशीलाई थपेको बताए। उनले जानजान ऐनविपरीत कार्यमा लाग्ने पदाधिकारीहरूलाई छानविन गरी कारबाही गर्न माग गरेको बताए।
यस्तै, मन्त्रालय पुगेका डा पुष्पमणि खरालले चिकित्सा शिक्षा भित्रको विकृति धरानमा देखिएको भन्दै यसलाई सरकारले हस्तक्षेप गरी सच्याउन आफूहरूले मन्त्रीको ध्यानाकर्षण गराएको बताए। उनले सरकारले काम नगरे अदालतको बाटो समात्न आफूहरू बाध्य हुने मन्त्रीलाई सुनाएको समेत जानकारी दिए।
कुन कुन विषयमा सिट बढी
गत ७ असारमा प्रतिष्ठानले पिजी भर्नाका लागि जारी गरेको सूचनामा जारी गरेको थियो। ऐनअनुसार विदेशी विद्यार्थीलाई एकतिहाइभन्दा बढी सिट दिन पाइँदैन। तर, प्रतिष्ठानले भने नियमविपरीत पिजीका केही विषयमा तोकिएको सिट संख्या नेपालीका लागिभन्दा विदेशीका लागि बढी छ।
चिकित्सा शिक्षा ऐन २०७५ को दफा १७ ९५० ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सिट संख्यामध्ये विद्यार्थीको संख्या एकतिहाइभन्दा बढी हुनेछैन, भनिएको छ ययअनुसार पिजीको कुल सिटमा नभएर विषयअनुसारको सिटमा एक तिहाइभन्दा बढी नहुने भन्ने हो तर प्रतिष्ठानले चलाखीपूर्णरूपमा त्यसलाई कुल सिटमा गाभ्न खोजेजस्तो देखिन्छ।
प्रतिष्ठानले गत शनिबार प्रकाशित गरेको सूचनाअनुसार इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ। सिट विदेशीका लागि छुट्याएको छ। एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एकतिहाइभन्दा बढी अर्थात् ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ।
यस्तै, सर्जरीमा ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ। यस्तै हेड एण्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ। जुन ऐनविपरीत भन्दै चिकित्सकहरूको संगठनले विरोध जनाएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।