पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
नगर प्रमुख भन्छन्- अतिक्रमण गरेकालाई हटाउँछौँ
दाङ : राप्ती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको ६ बिघा १३ कट्ठा जग्गामध्ये डेढ बिघाभन्दा बढी जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ। अस्पतालको उत्तर र दक्षिणतर्फको जग्गा अतिक्रमणको चपटेमा परेको हो।
सुकुम्बासीको नाममा विभिन्न व्यक्तिले जबरजस्ती घर बनाई बसेको र पटकपटक आग्रह गर्दासमेत त्यहाँबाट नहटेको अस्पतालले जनाएको छ। अस्पतालले उक्त घर टहराहरू हटाउन विभिन्न समयमा सार्वजनिक सूचनामार्फत बारम्बार आग्रह गरिएको तत्कालीन राप्ती अञ्चल अस्पताल पूर्वअध्यक्ष रुदमणी शर्माले बताए। अस्पतालको डेढ बिघा क्षेत्रफलमा ३ दर्जन जति घरटहरा निर्माण गरी स्थानीयहरु वर्षौंदेखि बस्दै आएका छन्।
अस्पतालदेखि उत्तर र दक्षिण क्षेत्रमा जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर, अधिकांश पक्की छन्। अस्पतालका अनुसार उत्तरतर्फ इलाका प्रहरी कार्यालयको छेउतर्फ र अस्पतालको दक्षिणतर्फ एक कठ्ठा एक धुर क्षेत्रफल जग्गामा अतिक्रमण भएको छ।
अस्पतालको कित्ता नं ७८, ८५ र २६८४ को जग्गाभित्र बनेका घरटहरा सूचना प्रकाशन भएको मितिले पटकपटक आग्रह गरेको अस्पतालका पूर्वअध्यक्ष शर्माले बताए। 'जग्गा खाली गराउन भनी विभिन्न निकायहरूमा पत्रसमेत पठाएको छ, तर उनीहरूले बेवास्ता गरेका छन्' शर्माले भने।
अतिक्रमण गरेकालाई हटाउँछौँ : नगर प्रमुख
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकालाई हटाइने बताए। अहिले नगरपालिकाले यकिन तथ्यांक संकलन गरिरहेको भन्दै नगरप्रमुख पाण्डेले भने जुनसुकैले सर्कारी जग्गा अतिक्रमण गरेका भएता पनि त्यो सबै खाली गरिने बताए।
त्यसैगरी, उनले यदि त्यस्ता जग्गामा सुकुम्बासी, भूमिहीनहरू बसेको भए पनि उनीहरूलाई अर्को ठाउँमा व्यवस्थापन गरिनेसमेत बताए। उनले सुकुम्बासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई भने हटाइने चेतावनी दिए। त्यसैगरी राप्ती प्रादेशीक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डीयन डाक्टर सर्बेस शर्माले अतिक्रमणको चपेटामा परेको अस्पतालको जग्गाका लागि पहल गर्न स्थानीय सरकारसँग आग्रह गरे।
उनले स्थानीय सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाजले पहल गर्नुपर्ने बताए। साथै अतिक्रमण भइरहने हो भने अस्पताल भवनमा मात्र खुम्चनुपर्ने अवस्था नआउला भन्न नसकिने स्थानीयहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।