समाज

स्वरोजगार बन्‍न सीप सिक्दै अपांगता भएका  महिला

असार ९, २०७६

    जुम्ला : शारीरिकरूपमा अपांगता भएकी कमला बुढा अवसर पाए अपांगता भएका व्‍यक्ति पनि  सपांगसरहको काम गर्न सक्छन् भन्ने उदाहरण  दिन सफल भएकी छिन्। उनले  एकमहिने खाम तथा रेकर्डफाइल तालिम सिकेर अहिले सफलता नामको उद्योग खोलेकी छन्। 'हामीलाई अवसरको खाँचो छ।

    अवसर पाए अरूसरहको काम गर्न सक्छौँ' उनले भनिन्। बुढा मात्र होइनन् यहा अपांग तथा पुनर्स्थापना विकास केन्द्र समूहमा  आबद्ध भएका  झण्डै २० जना आपांगता भएका महिलाले खाम तथा फाइलसम्बन्धी तालिम लिएका छन्। उनीहरूले आगामी दिनमा उद्योगमार्फत खाम तथा रेकर्ड फाइल बनाएर व्‍यावसायिक बन्ने प्रतिबद्धता जनाए।   

    तालिमका प्रशिक्षक तथा तालिमका सहभागी  यज्ञबहादुर बुढथापाले  कुनै पनि व्‍यावसाय सञ्चालन गर्दा आर्थिक  आभावले पिरोल्ने सुनाए। उनले भने, 'आपांगता भएका व्‍यक्तिलाई  ऋण दिन अनाकानी गर्दछन्, अब स्थानीय सरकाले यसबारे सहयोग गरिदिए राम्रो हुने थियो।'

    जिल्ला समन्वय समितिका  प्रमुख लालाबहादुर सार्कीले आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन तालिमले महत्वपुण भुमिका खेलेको बताए। उनले भने, 'स्थानीय तहसँग र जिल्लामा कार्यारत कार्यालयसँग समन्वयसँगका आपांगता भएका ब्यक्तिहरुले  उत्पादन गरेको  खाम र फाइलको  बजारीकरणको  पहल गर्छौं।'

    कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र घरेलु तथा  सना विकास  समिति जुम्लाको सहयोगमा एकमहिने  तालिमको   आयोजना गरिएको हो।

दिलमाया शाही

शाही थाहा खबरका जुम्ला समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]