राजनीति

सुरुङमार्ग निर्माणमा सरकारकाे विशेष प्राथमिकता : मन्त्री महासेठ

फाइल तस्बिर
असार ९, २०७६

    काठमाडाैं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरुङ मार्गलाई विशेष प्राथमिकता दिएको बताए। मन्त्री महासेठले.प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा सांसदहरूबाट आएको प्रश्नको जवाफ दिँदै बताएका हुन्।

    उनले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकतामा राखी अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याइएको जानकारी दिए। विकास र पूर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको बताए।

    सांसदले पानी जहाजका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए। मन्त्री महासेठले बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको जानकारी गराए। उनले ९१ प्रतिशत भन्दा बढी पुराना क्रमागत योजनाहरूलाई नै प्राथमिकता दिएकाले नयाँ योजना धेरै नभएको स्पष्ट पारे।

    उनले अन्य क्षेत्रगत रुपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासंभव छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे।

    पुराना आयोजना छुटेका भए जानकारी अनुसार समावेश गरिने प्रतिवद्धता पनि उनले जनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]