समाज

मकालुका विस्थापितलाई हेलिकोप्टरबाट राहतसामग्री

५३ जनाकाे उद्दार

असार ९, २०७६

    संखुवासभा : मकालु गाउँपालिका ५ का पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकोप्टरबाट राहतसामग्री लगिएको छ। असार २ गते बर्षासँगै आएको पहिरोले मकालु ५ र ३ नम्बर वडाका ३७ परिवार विस्थापित भएका छन्। विस्थापितलाई गाउँपालिकाले सोमबार हेलिकोप्टरबाट राहत सामग्री पुर्‍याइएको हो। 

    पहिरोले पेपुवाका २९ परिवार विस्थापित भएका थिए भने २२ परिवार भन्दा बढी पहिरोको उच्च जोखिममा परेका छन्। विस्थापितलाई गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, सय किलो नुन, ७२ थान पाल लगायतका राहत सामग्री वितरण गरेको छ।

    आइतबार लग्ने भनिएको राहत सामग्री मौसममा खराबी आएको भन्दै नेपाली सेनाको हेलिकोप्टर नआउँदा राहत सामग्री सदरमुकाम मै थन्किएको थियो। राहत सामग्री लिएर प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली राईसहितको टोली पेपुवा पुगेको थियो। उनीहरूले पहिरोको स्थलगत निरीक्षण पनि गरेका थिए। 

    ५३ जनाको हेलिकोप्टरबाट उद्धार 

    पहिरोबाट विस्थापित पेपुवाका ५३ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर गाउँपालिका कार्यालय नुम लगिएको छ। पहिरोबाट उच्च जोखिममा परेका ५३ जनालाई गाउँपालिकाले उद्धार गरेर नुम लगेको छ।

    गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जान सक्ने खतरा भएका कारण उनीहरूको उद्धार गरेर नुम लग्नु परेको मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेलीले जानकारी दिइन्। उनीहरूले हिजोसम्म छिमेकी सडेक्मा भन्ने गाउँमा शरण लिएका बसेका थिए। 

    पहिरोले विस्थापित भएका पेपुवाका ५३ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर गाउँपालिका कार्यालय नुम लगिएको छ। पहिरोबाट विस्थापित भएको मकालु ५ का चार गाउँका ५३ जनालाई हेलिकोप्टरबाट उद्धार गरेर नुम लगिएको छ। पहिराले मकालुको सडेक्मा, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानीका कतिपय घरपरिवार समेत जोखिममा परेका छन्। त्यस क्षेत्रमा दिउँसो घाम लागे पनि राति ठूलो पानी पर्ने गरेको स्थानीयको भनाइ छ।

    पहिरोले मकालु गाउँपालिका सबै वडाका गाउँ बस्तीमा चिरा चिरा पारेको छ। पहिरोले ९० स्थान भन्दा बढी क्षेत्रमा पहिरो गएकाले बाटो घाटो समेत बन्द भएका कारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न जान आउन समेत समस्या भएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेलीको भनाइ छ। 

भविन कार्की

कार्की थाहा खबरका संखुवासभा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]