समाज

बिरामीको मृत्युपछि राप्ती अस्पतालमा तनाव

असार ९, २०७६

    दाङ :  ज्वरो र पखाला लागेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न भर्ना गरिएकी महिलाको मृत्यु भएको छ। बिरामीको मृत्यु भएसँगै मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन्।

    ज्वरो र पखालाका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका-७ सिरुखर्क निवासी ४९ वर्षीया भिमी सारुमगरको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो। उनलाई शनिबार आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

    अस्पतालमा करिब ३ घण्टा आकस्मिक कक्षमा भर्ना भएकी सारुमगरलाई स्वास्थ्यमा सुधार आएपछि अस्पतालले वार्डमा भर्ना गरेको थियो। आइतबार राति बिरामीको पिसाब रोकिएर छटपटाउन थाले पनि अस्पतालमा चिकित्सक नहुँदा बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुमगरले बताए।

    'हिजोसम्म बोल्ने, शौचालय जाने गरेकी थिइन्, राति एक्कासि पिसाब रोकिएर छटपटाउन थालिन्,' श्रीमान सारुमगरले भने, 'बिरामी छटपटाउन थालेपछि सुरुमा नर्सलाई बोलायौँ। तर उनले आफूलाई सुत्न पनि नदिने भन्दै हामीलाई गाली गरिन्।'

    प्रतिष्ठानमै डयुटीमा रहेकी नर्सलाई पटकपटक बोलाउँदा पनि बिरामी हेर्न नर्स नआएको सारुमगरको भनाइ छ। 'बिहान साढे ६ बजेतिर एकजना डक्टर आउनुभयो' उनले भने, 'डाक्टर आएको केही समयपछि ७ बजेतिर मृत्यु बिरामीको मृत्यु भयो यस घटनालाई अस्पतालको लापरबाही नभनेर के भन्ने?'

    अस्पतालको दोष छैन : डाक्टर

    चिकित्सकहरूले भने बिरामीको मृत्यु हुनुमा चिकित्सक र अस्पतालको कुनै दोष नभएको दाबी गरेका छन्। पखालाको बिरामी भएको रक्तचाप कम भएका कारण बिरामीको मृत्यु भएको डा.जितनारायण यादवले बताए। 'बिरामीको मिर्गौलामा समस्या देखिएको थियो। पखाला लाग्ने र रक्तचाप कम थियो', उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]