राजनीति

प्रदेश ५ : याेजना आयाेगकाे उपाध्यक्षमा डा. ईश्वर गाैतम नियुक्त

असार ९, २०७६

    बुटवल : प्रदेश-५ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. ईश्वर गौतमलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  लुम्बिनी वाणिज्य क्याम्पसका पूर्वप्रमुखसमेत रहेका डा. गौतमलाई नियुक्त गरेको हो।

    मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते  राजीनामा दिएका  डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दै उपाध्यक्षमा  डा. ईश्वर गौतमलाई नियुक्ति गरिएको जानकारी दिएका हुन्।

    यस्तै, मन्त्रिपरिषदको सोमबारै बसेको बैठकले दाङको लमहीमा ट्रमा सेन्टर निर्माणका लागि स्वीकृति दिएको छ। बैठकले रुपन्देहीको सैनामैनामा ज्‍येष्ठ नागरिक र अपांग ग्राम निर्माणका लागिसमेत स्वीकृति दिएको छ।

    सैनामैना नगरपालिकाले उपलब्ध गराएको सो स्थानमा सामाजिक विकास मन्त्रालयले ज्‍येष्ठ नागरिक ग्राम र अपांग ग्राम निर्माण गर्दै छ। मन्त्रिपरिषद् बैठकले प्रदेशको सुशासनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए।

    बैठकले दाङको घोराही नगरपालिका र चीनको गोञ्जाउस्थित यान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संघ सरकारमा सिफारिस गरेको छ। त्यस्तै, ठाकुरबाबा नगरपालिका र चीनको यान तथा लिउ पानयुसी नगरबीच भगिनी सम्बन्ध कायम गर्न संघ सरकारलाई सिफारिस गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]