खेलकुद

प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताकाे तयारी

असार ९, २०७६

    विराटनगर : असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। 

    प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन जिल्लामा हुनेछ। आयोजक समितिले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणको छनोट खेल असार १६ गतेबाट सुरू हुने जाएको छ। छनोट चरणको पहिलो उद्घाटन खेल उदयुपरको गाइघाटमा हुनेछ। उदपुरमा हुने पहिलो चरणको छनोट खेलमा ५ जिल्लाको टिम सहभागी हुनेछन्।

    मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलटुंगाबाट आएका खेलाडीहरू छनोट लागि उदयपुरमा खेल्ने अखिल नेपाल फुटबल संघको प्रवक्ता तथा कार्यक्रम संयोजक किरण राईले जानकारी दिए। त्यस्तै तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरी जिल्लालाई लक्षित गरी छनोट चरणको खेल धरानमा असार १७ गतेबाट सुरू हुनेछ। यस्तै झापा, इलाम, पाँचथर र ताप्लेजुङको छनोट चरणको खेल असार १८ गतेदेखि इलाममा हुनेछ। 

    लिग चरणमा हुने खेलमा छनोट चरणबाट उत्कृष्ट अंक ल्याउने ६ वटा टिम फाइनल खेल्न विराटनगर आउनेछन्। फाइनल विराटनगरस्थित सहीद रंगशालामा हुनेछ। प्रदेश १ मा ११ वटा जिल्ला एन्फामा दर्ता रहेको छ। तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बु गरी तीन जिल्ला एन्फामा दर्ता नरहेको प्रवक्ता राईले बताए। दर्ता नभएको जिल्लामा पनि एन्फाले समन्वय गरि खेलाउनेछ।

    प्रतियोगिताको बिजेता नगद ५ लाख तथा उपविजेताले ३ लाख रूपैयाँ प्राप्त गर्नेछन्। तेस्रोदेखि छैठौंसम्म हुने टिमले जनही नगद ७५ हजार रूपैयाँ पाउने राईले बताए। प्रतियोगिताको ३३ वटा म्याच हुनेछ। 

    सबै खेलका म्यान अफ दि म्याच हुने खेलाडीले ५ हजार  र फाइनलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेलको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। बेस्ट किपर, बेस्ट मिल्ड फिल्डर, फरवर्ड, बेस्ट कोचले पनि जनही २५ हजार रुपैयाँ रहेको एन्फाले जनाएको छ।

    प्रतियोगितामा भाग लिने १४ टिमले नगद ५० हजार रुपैयाँको साथै १५ थान फुटबल पनि पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको आयोजक समितिका कोषाध्यक्ष शान्ति पाख्रीनले जानकारी दिनुभयो। प्रदेश सरकारबाट १ करोड र एन्फाबाट ३३ लाख रुपैयाँ प्रतियोगिता गर्न प्राप्त भएको हो।

    प्रतियोगिताको फाइनल मिति तोकिएको छैन। प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति तथा आयोजक समिति गठन गरेको छ। प्रदेश सरकारले मुख्यमन्त्री कप प्रदेश लिग र अन्तर्राष्ट्रिय मुख्यमन्त्री फुटबल कप प्रतियोगिता गर्ने सम्झौता एन्फासँग करिब एक वर्ष अगाडि नै गरेको थियो। तर, समयमा कार्यविधि नबन्दा अन्तर्राष्ट्रिय मुख्यमन्त्री कप भने चालु आर्थिक वर्षमा नहुने निश्चित भएको छ। 

    सरकारले समयमै कार्यविधि नबन्दा प्रतियोगिता गर्न ढिलाई भएको एन्फाका प्रवक्ता राईले बताए। अन्तर्राष्ट्रिय मुख्यमन्त्री कप आउँदो भदौ अन्तिममा हुने उनले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]