राजनीति

पार्टीको बैठकमा जाँदा पनि हेलिकोप्टर प्रयोग

असार ९, २०७६

    सिमकोट : कर्णालीका अधिकांश स्थानीय जनप्रतिनिधिदेखि मन्त्रीसम्म सवारी साधानका नाममा हेलिकोप्टर प्रयोग  गर्ने गरेका छन। कर्णाली प्रदेशका मन्त्री महेन्द्रबहादुर शाही  र सामाजिक विकासमन्त्री दल रावलले पार्टीको बैठकका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन्। 

    नेपका हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावलले सुर्खेत र सिमकोट हुँदै  कालिकोटमा हेलिकोप्टरबाट पुगेका छन। गएको शनिबार सम्पन्न हुम्ला जिल्ला कमिटिको बैठकका लागि सिमकोट नेपाली सेनाको 9-N-RA-I हेलिकोप्टरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्य मन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल सिमकोट आएका थिए। 

    एक दिन सिमकोटमा बसेका मुख्य मन्त्री शाही लगायतका नेकपा नेता सोही हेलिकोप्टरमा सिमकोट हुँदै मुख्य मन्त्री शाहीको गृह जिल्ला कालिकोट फर्किएका छन्। हेलिकोप्टर प्रति घण्टा १ लाख २० हजारका दरले भाडा लिने नेपाली सेनाको हेलिकोप्टर पार्टी कार्यक्रममा २ दिन होल्ड भएको नेपाली सेनाको एक स्रोतले जानकारी दिएको छ। 

    ७ गते शनिबार बिहान ११ बजे सिमकोट पुगेको हेलिकोप्टर ८ गते अपरान्ह साढे ५ बजे सिमकोटबाट कालिकोट हुँदै सुर्खेत फर्किएको छ। 

    जनप्रतिनिधिनै  हेलिकोप्टरबाटै पुग्छन गाउँपालिकामा

    हुम्लाका अधिकांश गाउँपालिकाका जनप्रतिनिधि हेलिकोप्टर रिजर्भ गरेर गाउँपालिकामा पुग्ने गरेका छन। नेपालगन्ज, सुर्खेत र सिमकोट विमानस्थलबाटै गाउँपालिकाको बिशेष काम परेको भन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतका कर्मचारी समेत गाउँपालिकामा पुग्नको लागि हेली प्रयोग गर्ने गरेका खुलासा भएको छ। 

    हुम्लाको ताँजकोट, अदनचुली, सेर्कगाढर  चेखेल्नी गाउँपालिकाका जनप्रतिनिधिहरू हेलिकोप्टर प्रयोग गरेको सिमकोट विमानस्थल श्रोतले जनाएको छ। उता जनप्रतिनिधि मात्रै होइनन् अन्य सरकारी गैरसरकारी कार्यालयका कर्मचारी र अन्य स्थानीय बासिन्दादेखि  व्यापारी समेतले हेलिकोप्टर रिजर्भ गरेर गाउँमा जाने गरेका छन। एक फ्लाइट एकातर्फ मात्रै ६० हजारदेखि ५ लाखसम्म हेलिकोप्टरका मालिकले उडानको शुल्क लिने गरेका छन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]