राजनीति

गगनको भविष्यवाणी : सभापति र वरिष्ठ नेताको लाइनले पार्टीलाई घाटा

असार ९, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औँ महाधिवेशन नभए कांग्रेसले ठुलो नोक्सानी व्यहोर्नुपर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन्।

    राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाईने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरेका हुन्। उनले महाधिवेशन नगरि फेरी पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठुलो घाटा व्यहोर्नुपर्ने भविष्यवाणी गरे।

    उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउदैँनौ। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने? भागवण्डा गरेर बनाउने? यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन। यो पार्टीका निम्ती प्रत्युत्पादक छ। यो गर्न पाइँदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन। वरिष्ठ नेतालाई पनि छैन।।‘

    नेता थापाले सम्पुर्ण कार्यकर्ता महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचनाअनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको बताए। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरेका थिए।

    थापाले सरकारका गलत कार्यविरुद्ध सडकको तागतलाई सदनसँग एकाकार गर्नका लागि वैचारिक दृष्टिले पनि कांग्रेस स्पष्ट हुनु आवश्यक रहेको बताए।

    कांग्रेका नेता प्रदीप पौडेलले कमिसनलाई वैधता दिने, वाइडबडी विमान प्रकरण, बालुवाटार जग्गा र टुँडिखेल लगायत सरकारका गतिविधिविरुद्ध विरुद्ध कांग्रेसले सदनमा सशक्त  आवाज उठाउन नसकेको टिप्पणी गरेका थिए। जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा सशक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले सडकमै उठेर कांग्रेसलाई समर्थन गर्ने दाबी उनको थियो।

    नेता कृष्णप्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनितिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरेको थियो। जसमा थापा र पौडेललगायत नेताले धारणा राखेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]