राजनीति

देउवालाई सिटौलाको प्रश्न : मनपरी गर्ने अनि मिलेर खाउँ है भनेर एकता हुन्छ?

असार ९, २०७६

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खाज्ने बेला आएको भन्दै नेतृत्व प्रति तीव्र असन्तुष्टि जाहेर गरेका छन्।

    सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र बेथिति, सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ता भित्र कांग्रेसी स्वभिमान खोज्नुपर्ने बेला आएको बताएका हुन्। विपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उनले व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

    नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता संभव रहेको उल्लेख गर्दै मुखले भन्दैमा एकता नहुने बताए। उनले भने, ‘एक हौँ भनेर एक होइँदैन। हात उठाएर एक भइँदैन। एउटै थालमा भात खाएर एक होइँदैन। विचारमा एकता, नीतिमा एकता, संगठनमा एकता, मूल्य मान्यतामा एकता, संस्कारमा एकता, मूल्यांकनमा एकता हुन्छ। विचारपद्धतीमा नहिँडी मनपरी गरेर अनि मिलेर खाउँ है भनेर एकता हुँदैन।‘

    सरकारले आफूलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लव समूहमाथिको मूर्खतापूर्ण कारवाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको सिटौलाको टिप्पणी थियो। यस्तो अवस्थामा मुलुक र मुलुकवासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रूपमा कांग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने उनले बताए।

    सिटौलाले मुलुकलाई सम्भावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता औँल्याएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]