काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्...
सर्लाही : सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्।
बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको मृत्यु बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी ‘इन्काउन्टर’मा भएको थियो।
पौडेलका छोरा १५ वर्षका कुशल र श्रीमती ३७ वर्षीया कला किरिया बसेका छन्। बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन।’
कांग्रेसबाट राजनीति शुरू गरेका ४७ वर्षका पौडेल एमाले, माओवादी हुँदै विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बनेका थिए। यो समाचार नेपाल समाचारपत्रमा छापिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।