समाज

वडाध्यक्षले आफ्नै प्राविधिकलाई हाने झापड, कामकाज ठप्प

असार १०, २०७६

    रामेछाप : जिल्लाको सुनापति गाउपालिका–२ दिमीपोखरीका वडाध्यक्ष कमल केसीले आफ्नै वडामा काम गर्ने प्राविधिक माथि आइतबार साँझ हातपात गरेका छन्।

    बझाङ जिल्ला खप्तडछान्ना गाउपालिका ६ घर भइ पुन निर्माण प्राधिकरण अन्तर्गत जिल्लाको दिमीपोखरीमा खटिएका २६ वर्षिय हिमाल खडकालाई वडाध्यक्ष केसीले वडा कार्यालयको लेटर प्याड प्रयोग गरी प्राविधिक सुचना जारी गरेको भन्दै कुटेका हुन्। 

    वडामा काम गर्ने प्राविधिकलाई वडाध्यक्षले नै कुटेको भन्दै सो को विरोधमा उक्त गाउपालिका सबै प्राविधिकहरुले आफ्ना कामकाज सोमबारदेखि ठप्प पारेका छन्। प्राविधिक नै कुटने वडाध्यक्ष केसी माथि कानुनी कार्वाहीको प्रक्रिया अघि नबढे जिल्ला भरिकै प्राविधिक घटनाको विरोधमा उत्रिएर जिल्लाका सबै प्राविधिक कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्। 

    प्राविधिक खडकालाई वडाध्यक्ष केसीले होटलमा खाना खाइरहेको अवस्थामा वडा कार्यलयको लेटर प्याडको गलत प्रयोग गरी पुनर्निर्माणका सूचना जारी गरेको भन्दै कुुटपिट गरेका हुन्। यता वडा अध्यक्ष कमल केसीले वडाको लेटरप्याडको गलत प्रयोग किन गरेको भन्दै आफुले झापड लगाइ दिएको स्वीकार गरेका छन्। उनले प्राविधिकले वडाको लेटर प्याडमा प्राविधिक सूचना लेखेर आफ्नो नाम लेखेको र त्यस्तो लेटरप्याडमा तपाइको नाम लेख्न मिल्दैन वडाकार्यालय लेख्नु पर्छ भनि सम्झाउँदा उल्टै मुखमुखै लागेकाले झापड हानेको बताए। 

    प्राविधिक खडकाले मार्यादा भन्दा माथि गएर काम गरेकोले यो अवस्था आएको केसीले बताए। असिसटेन्ट सब इन्जिनियरका रुपमा कार्यरत खडकाको वडा अध्यक्ष केसीको कुटाइबाट गालामा निलडाम बसेको छ। 

    विगत ३ बर्षदेखि नै उक्त वडामा काम गर्ने क्रममा वडाध्यक्षले आफु माथि पटक पटक दुव्र्यवहार गर्ने गरेको खडकाले सोमबार पत्रकार सम्मेलनमा बताए। घटना पछि सदरमुकाम मन्थलीमा प्राविधिकहरु जम्मा भएर घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी. पाण्डेलाई ध्यानाकर्षण गराउदै ज्ञापन–पत्र समेत बुझाएका छन्। उनीहरुले दोषीलाई कार्वाहीको माग गरेका छन्। 

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक सञ्जाल रामेछापका संयोजक अरविन्दकुमार महतोद्वारा जारी विज्ञप्तीमा प्रशासनले दोषीलाई कानुनी दायरामा नल्याए जिल्ला भरीका प्राविधिक एकत्रित भइ सबै प्राविधिक कामकाज ठप्प पारी कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]