समाज : सुरक्षा/अपराध

सुनकोशी नदीमा कार खस्यो २ जनाको मृत्यु

असार १०, २०७६

    सिन्धुली : विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका –२ कमेरेफाँटमा मंगलवार विहान–२ बजे कार दुर्घटना हुदाँ एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। 

    खोटाङ हलेसीबाट काठमाडांै तर्फ आउदै गरेको बा.१३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो।   दुर्घटनामा परी कारमा सवार काठमाडौं महानगरपालिका –३१ नयाँबानेश्वर बस्ने ४५की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

    मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन्। दुर्घटनामा कारका चालक सोही ठाउँका मृतक हेमा लामिछानका श्रीमान ५८ वर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ वर्षिया छोरी आस्था लामिछाने घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर श्रेष्ठले जानकारी दिए। 

    घाइते दुवैको अवस्था मध्यम रहेको उनको भनाइ। कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेको उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]