समाज

मोटसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

असार १०, २०७६

    भद्रपुर (झापा) : मोटसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १ पोखिरया बस्ने ६६ वर्षीया सुभद्रा भट्टराईको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

    प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० माइधारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री भट्टराईलाई सोमबार बिहान ठक्कर दिएको थियो। 

    मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा सोमबार बेलुका बिर्तामोडको बीएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकलचालकलाई नियन्त्रणमा लिएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]