खेलकुद

२७ वर्षदेखि अस्ट्रेलियासँग जीतको खोजीमा इंग्ल्यान्ड

असार १०, २०७६

    विश्वकपको ३२ औं खेलमा मंगलबार लन्डनको लर्डस मैदानमा अस्ट्रेलिया र इंग्ल्यान्डबिच प्रतिस्पर्धा हुँदै छ। भारत र पाकिस्तानको खेलपछि यो खेललाई सर्वाधिक प्रतिक्षित खेलका रुपमा मानिएको छ।

    यसलाई एकदिवसीय खेलको एसेजका रुपमा हेरिएको छ। किन पनि यसो भनिएको हो भने विश्वकप लगतै यी दुई टिमबिच एसेज टेस्ट सिरिज हुँदै छ। यो सिरिज १३७ वर्ष देखी लगातार खेलिंदै आएको छ।

    इंग्ल्यान्ड र अस्ट्रेलियाको खेल विश्वभरका समर्थकका लागि बहुप्रतिक्षी रहेको छ। अस्ट्रेलिया टिम विश्वकपमा १९९२ यता इंग्ल्यान्डविरुद्ध पराजित भएको छैन्। ५ मार्च १९९२ मा सिड्नी क्रिकेट मैदानमा इंग्ल्यान्ड विश्वकपमा ८ विकेटले जितेको थियो। त्यसपछि तीनपटक इंग्लिस टिम अस्ट्रेलियासँग पराजित भएको छ। त्यसैले इंग्ल्यान्ड लगातारको खराब हारलाई अन्त्य गर्ने उदेश्यसहित मैदानमा आउँने छ।

    दुई टिममा २०१५ का समान ५ खेलाडी

    विश्वकपमा इंग्ल्यान्ड र अस्ट्रेलियाबिच पछिल्लो पटक २०१५ मा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा अस्ट्रेलिया विजयी भएको थियो। साे खेलमा एरोन फिन्चले १३५ बनाएर टिमलाई विजयी बनाएका थिए। सँयोग यो पटक फिन्च आफै अस्ट्रेलिया टिमको कप्तानका रुपमा रहेका छन्। उक्त खेलमा २०१५ मा खेलेका ५–५ खेलाडी रहेका छन्। उक्त खेलमा अस्ट्रेलियाका लागि फिन्च, वार्नर, स्मिथ, स्टार्क र मेक्सवेल टिममा दोहोरिँदा इंग्ल्यान्डका मोइन अली, जो रुट, इयान मोर्गन, क्रिस वोक्स र जोस बटलर रहेका छन्।

    इंग्ल्यान्ड अस्ट्रेलिया हेड टु हेड

    कुल एकदिवसीय खेल १४७ अस्ट्रेलियाले ८१ र इंग्ल्यान्डले ६१ खेलमा जित निकाल्दा २ खेल बराबरी र २ खेल नतिजाविहीन भएका छन्। विश्वकपमा अहिलेसम्म ७ भिडन्त ५ मा अस्ट्रेलिया र २ मा इंग्ल्यान्ड विजयी।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]