फिचर : फोटो फिचर

कोराला नाकामा नेपाल–चीन व्यापार मेला  (फोटो)

असार १०, २०७६

    पोखरा :  मुस्ताङ र चीनको सीमानामा रहेको कोरला नाकामा चारदिनदेखि अन्तरदेशीय व्यापार मेला चलिरहेको छ। 

     मेलामा नेपाल र चीनका नागरिकहरुले आवश्यक दैनिक उपभोग्य सामानलगायत विभिन्न सामाग्रीहरु बिक्रीकालागि राखेको मुस्ताङका प्रमुख जिल्लाअधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए।

    चीनले विद्युतिय उपकरणहरु, लुगाफाटाहरु, खाद्यन्न, निर्माणका विभिन्न सामाग्री बिक्रीमा राखेका छन् भने नेपालीहरुले पस्मिनालगायत विभिन्न खाद्यन्नहरु मेला प्रमुख बस्तु हुन।  दैनिक उपभोग्य सामान खरिद गर्न दुबै देशका नागरिकलाई सहज होस् भनेर केहि वर्ष यता यस्तो मेलाको आयोजना गर्दै आएका छन्।  

    विगतको वर्षमा दुबै देशमा हुने यस्तो मेला चिनिया पक्षले सुरक्षाको कारण देखाई आफ्नो भूगोलमा मात्रै मेला आयोजना गर्ने गरेको छ। वर्षमा दुई पटक असार लागेसँगै र भदौमा हुने अन्तरदेशीय मेलामा नेपाली मुद्रामै पनि कारोबार हुनेछ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]