काठमाडौँ : नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ। पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच त...
प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार
काठमाडौं : गत शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले मंगलबार फेरी रेकर्ड तोडेको छ। शुक्रबारदेखि कारोबार भएको दुई दिन स्थिर रहेको सुनको मूल्यमा मंगलबार पुन ५०० रुपैयाँले वृद्धि भएको छ।
मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार ५०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य ६५ हजार २०० र चाँदीको मूल्य ७४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
किन निरन्तर बढेको छ सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा देखिएको छ।अमेरिका–चीन व्यापार युद्ध जस्तै देखिएको अवस्थामा चीनले सुनको मौज्दात बढाउने घोषणा गरेको छ। मौजदात बढाउने घोषणाले सुनको माग बढी भइ महंगी भएको बताइएको छ।
अमेरिकाले आफ्नो वित्तीय नीति बदल्दै आउँदो महिनादेखि बैंक ब्याजदर घटाउने घोषणा गरेको छ । सोहीकारण लगानीकर्ता डलर र सेयर बजारमा भन्दा सुनमा बढी आकर्षित भएका नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन बताउछन्। अमेरिका–इरानबीचको बढ्दो तनावले पनि सुनको मूल्य वृद्धिमा प्रभाव परेको विज्ञहरूको भनाई छ।
२०७० सालमा ६३ हजार ३०० रुपैयाँमा कारोबार भएर घटेको सूनको मूल्य पछिलल्लो एक महिनादेखि उकालो लागेको हो।
स्थानीय बजारमा समेत आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले सुनको आयातमा भन्सार बढाएका कारणसमेत नेपाली बजारमा सुनको मूल्य बढेको मर्जन बताउछन्। उनले आन्तरिक बजारमा सुनको भाउ थप १ हजार बढी भएको अध्यक्ष महर्जनले बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।