राजनीति

स्थानीय पूर्वाधार बजेट नदिएको आक्रोश, अर्थमन्त्रीको राजीनामा मागियो

असार १०, २०७६

    काठमाडौं : समानुपातिक सांसदहरुलाई स्थानीय पूर्वाधार बजेटबाट बञ्चित गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा मागिएको छ । 

    मंगलबार बसेको प्रतिनिसिभा बैठकको शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालीका सांसद रेणुका गुरुङले अर्थमन्त्री खतिवडाको राजीनामा मागेकी हुन् ।

    प्रतिनिधि सभाका ११० जना समानुपातिक सांसदमाथि विभेद गरिएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल डा. खतिवडाको राजीनामा माग्नुपर्ने बताइन्। सांसद गुरुङ तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसद बनेकी हुन्।

    ‘प्रत्यक्ष र समानुपातिक सांसदको काम कर्तव्य र अधिकार एउटै हुन्छ भन्ने हेक्का नभएका अर्थमन्त्री पदमा बसिरहन योग्य छैनन्’, गुरुङले भनिन्, ‘११० समानुपातिक सांसदलाई नियतवश बजेटबाट बञ्चित गरेर विभेद गरेकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’

    सांसद गुरुङले स्थानीय पूर्वाधार बजेटमा समानुपातिक सांसदको पनि हक रहेको बताउँदै अर्थमन्त्री आफूहरुलाई सांसद नै नमानेको गुनासो गरिन्।

    यो आर्थिक वर्षमा सरकारले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुका लागि जनही ६ करोड रुपैयाँ विनियिोजन गरेको थियो । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]