राजनीति

गलबन्दी च्यातियो...विवाद संसदमा, दलितको अपमान गर्नेलाई कारबाही माग

असार १०, २०७६

    काठमाडौं : प्रकाश सपुतको गलबन्दी च्यातियो.....गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप अर्का गायक शम्भु राईले लगाएपछिको विवाद प्रतिनिधिसभामा पनि पुगेको छ। 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले यो विवादबारेमा प्रश्न उठाएका हुन्। सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारले गाएको गलबन्दी च्यातियो तिमिले... गीत कपी गरेको आरोपमा गायक राईका समर्थकले सिंगो दलित समुदायमाथि आक्रमण गरेको भन्दै आक्रोश पोखिन्। 

    उनले आफ्नो गीत प्रकाश सपूतले चोरेको दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जकमाथि अपमान गरिएको भन्दै कानुनी दायरामा ल्याएर अबिलम्ब कारवाही गर्न माग गरिन्।

    सांसद महेश्वर जंग गहतराजले प्रकाश सपुत र शान्तिश्री परियारलाई अपमानित र निरुत्साहित गरिएको गुनासो गरे। उनले सिंगो समुदायलाई नै अपमानित गर्ने गरी सामाजिक संञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न आग्रह गरे।

    अन्य विषयमा कसले के भने?

    सांसद बिमला नेपालीले शून्य गृहमन्त्रालयले एक पछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधै समस्या देखिने गरेकाले दीर्घकालिन समाधानका लागि नागरिकतासम्बन्धी विधेयक तत्काल सदन ल्याउन ध्यानाकर्षण गराइन्।

    सांसद मिनबहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारिक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गरे।

    सांसद मिना सुब्बाले केही दिनदेखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको बताइन्। उनले यस्ता घटनाले महिला त्रसित भएको बताउँदै सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

    सांसद मैना कुमारी भण्डारीले राजधानीका वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सरकारले अघि सारेको स्वास्थ्य विमा अन्र्तगतको उपचार हुने व्यवस्था गर्न माग गरिन्।

    सांसद यज्ञ बहादुर बोगटीले गएराती अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ नन्दवहादुर कडायतको घरमा रहेको वडा कार्यालयमा विप्लवले आगजनी गरेको बताए। 

    उनले ढकारी गाउँपालिका-५ को वडा कार्यालय पनि आजगनी भएको भन्दै दोषीमाथि कडा कारावाही माग गरे। निजी घरमा भएको क्षतिको क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग उनले माग गरे।

    सांसद यज्ञराज सुनुवारले संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।

    सांसद राजबहादुर बुढा क्षेत्रीले गत बैशाख २२ र २४ गतेको असिना बर्षाले दैलेखमा अन्नबाली क्षति भएको र त्यसको अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    सांसद रामकुमारी झाक्रीले पहुँचवालाले विमा सहित सरकारबाट पनि क्षतिपुर्ति लिने प्रचलन देखिएको भन्दै  विमा नीति र क्षतिपुर्ति सम्बन्धी मापदण्ड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]