अर्थ

'नेपाल वायु सेवा निगममा बेथिति हामीले होइन, अरुले नै भित्र्याए'

लामो उडान गन्तब्य खोजी भइरहेको स्पष्टिकरण

असार १०, २०७६

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ध्वजावहाक नेपाल वायु सेवा निगमलाई डुब्नबाट जोगाउने विकल्पको खोजी भइरहेको बताएका छन्। 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्रीको कार्यालय र पर्यटन मन्त्रालय शीर्षकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खतिडाले यस्तो बताएका हुन्। 

    उनले सरकारले धेरै यात्रु बोक्नकै लागि नेपाल वायु सेवा निगमका लागि दुई वाइडबडी जहाज भित्र्याएको बताउँदै गन्तब्यको खोजी भइरहेको बताए । 'धरै यात्रु बोक्ने गरी वाइड बडी जहाज ल्याएका हौँ', उनले भने, 'लामो दुरीमा उडानका लागि प्रक्रिया अघि बढेका छन्। जापान र चीनमा उडाउन गन्तब्यको टुंगो लाग्दैछ।' 

    मन्त्री खतिवडाले नेपाल वायु सेवा निगमको बेथिति अहिलेको सरकारले नभित्र्याएको बताए । 'एनएसीको बेथिति यो सरकारले भित्र्याएको होइन। तर हामी भागेका छैनौँ र भाग्दैनौँ पनि', उनले भने, 'राष्ट्रिय ध्वजावहाकले ऋण बोक्नुपरेको छ। त्यसको समाधानका लागि निगमलाई पुँजीकृत गर्दै लैजाने विकल्प खोज्दैछौँ। सम्भव भएमा ऋणका अरु अवसर खोज्दैछौँ। व्यवसायिक पार्टनर पनि खोजिने छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]