राजनीति

समाजवाद उन्मुख बजेट ल्याउनुपर्छः मुख्यमन्त्री पौडेल

असार १०, २०७६

    हेटौंडाः प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन्। हेटौंडा उपमहानगरापलिकाको पाँचौ नगर सभामा बजेट वक्तव्य पछि मन्तव्य राख्दै मुख्यमन्त्री पौडेलले संविधानमै समाजवाद उन्मुख भएकोले स्थानीय तहरूले बजेट ल्याउँदा समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका हुन्।

    स्थानीय तहरुमा निर्वाचित जनप्रतिनिधले चुनावको बेला जनतालाई देखाएको घोषण पत्रअनुसार नीति कार्यक्रम बजेट ल्याउनुपर्ने समेत बताएका छन्। विकास गर्नको लागि घोषणा पत्रमा उल्लेख गरेको आश्वासन पूरा गर्नु पर्ने उनले तर्क गरेका हुन्। उनले स्थानीय सरकारहरुले प्रदेश सरकारले बजेट खर्च गर्न नसकिरहेको भनाईमा टिप्पणी गर्दै परिस्थती अनुसार प्रदेश सरकारले उत्कृष्ट काम गरेको बताए।  

    हेटौंडा उपमहानगरको  बजेट  १ अर्ब ८१ करोड 

    प्रदेश २ को एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले  आगामी  आर्थिक वर्षको लागि १ अर्ब ८१ करोडको बजेट विनियोजन गरेको छ। हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो।

     हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न शीर्षकका सशर्त अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट आएको छ। त्यसैगरी संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुने छ। 

    उपमहानगरको बजेटमा आर्थिक विकास तर्फ ४ करोड ९५ लाख ५७ हजार रुपैयाँ रहेको छ, यस्तै समाजिक विकास तर्फ ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ बजेट छ भने पूर्वाधार विकास तर्फ ८६ करोड १२ लाख ५० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ९९ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।

    यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ६ करोड ४५ लाख रुपैयाँ रकम छुट्याइएको उपप्रमुख लामाले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]