काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दश...
काठमाडौं : काठमाडौं महानगर पालिकाले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा विनीयोजन गरिएको बजेटको तुलनामा दुई अर्ब ५८ करोड बढी बजेट लिएको महानगरपालिकाले अन्तर्राष्ट्रिय सम्वन्ध प्रवर्द्धनको लागि समेत रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको लागि महानगरले १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
मंगलबार महानगरपालिकाको बजेट प्रस्तुत गर्दै महानगरप्रमुख विद्यासुन्दर शाक्यले अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि मात्रै ६ करोड ५९ लाखर विनियोजन गरेका हुन्। उनले विपत व्यवस्थापनकाका लागि पनि सात करोड रुपैयाँ रकम विनियोजन गरेका छन्।
सबैभन्दा बढी २७ प्रतिशत बजेट भौतिक पूर्वधारको लागि छुट्टाइएको छ। उनले भौतिक पूर्वाधारका लागि चार अर्ब ३१ करोड अर्थात, समाजिक विकास कार्याक्रमका लागि एक अर्ब ५२ करोड अर्थात नौ प्रतिशत र शिक्षाको लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन तथा सम्पदा संरक्षण्का लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्टाइएको छ । सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, कृषि तथा पुशसेवाका लागि छ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।