राजनीति

'क्लीन फिड'मा सरकारको पक्षमा उभियो पत्रकार महासंघ

असार १०, २०७६

    काठमाडौं : सरकारले केबुल टेलिभिजनमा क्लीन फिड लगाउने व्यवस्था गर्न लागेकोप्रति पत्रकार महासंघले समर्थन गरेको छ।

    सरकारले संसदमा पेश गरेर छलफलमा रहेको विज्ञापन विधेयकमा क्लीन फिडको व्यवस्थालाई लिएर केबुल टिभी व्यवसायी आन्दोलित भएर प्रशारणमासमेत रोक लगाएको बेला पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै उक्त विधेयकको समर्थन गरेको हो।

    पत्रकार महासंघका महासचिव रमेश विष्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त विधेयकको समर्थन गरेका हुन्। उनले विज्ञप्तिमा लेखेका छन्, 'सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरूमा क्लीन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा रहँदै आएको थियो। क्लीन फिडले नेपाली सञ्चार माध्यमहरूको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ। विज्ञापन विधेयकमा क्लीन फिड व्यवस्था गरी लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]