राजनीति

विनियोजन विधेयक बहुमतले पारित

फोटो : रासस
असार १०, २०७६

    काठमाडौं : सरकारको आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको हो।  प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले 'विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

    अर्थमन्त्री खतिवडाले 'आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्', 'राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्' र 'ऋण तथा जमानत (२३औँ) संशोधन विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्तुत गरेका फरकफरक प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको हो।

    बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री  खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको  दरबारेमा भने छलफल गर्न सकिने बताएक थिए।

    उनले भने, 'पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ।' बैठकमा सांसदले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गरेका थिए।

    यसअघि दुर्गा पौडेल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, रंगमती शाही, मीनेन्द्रप्रसाद रिजाल, राजेन्द्रकुमार केसी, मीनबहादुर विश्वकर्मा, उमा रेग्मी, सुजाता परियार, सत्यनारायण शर्मा खनाल, गगनकुमार थापा, लक्ष्मी परियार, बहादुरसिंह लामा तामाङ, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, डिला संग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कँडेल, विजयकुमार गच्छदार र पार्वता डिसी चौधरीले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेका खर्च कटौतीका प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो।

    सम्बन्धित समाचारः 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]