समाज

बन्दकाे प्रभाव सर्लाहीमा बढी, सुरक्षाव्यवस्थामा कडाई

असार १०, २०७६

    सर्लाही : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले मंगलबार आव्हान गरेको नेपाल बन्दले सर्लाहीको सुनसान बनेको छ। असार ५ गते बिहीबार पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिइ गोली हानी हत्या गरेको बिरोधमा विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको हो।

    बन्दका कारण लामा तथा छोटा दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन्। शैक्षिक संस्था लगायत जील्लाका प्रमुख बजार, उद्याेग, कलकारखाना बन्द गरेका छन्। मृतक पौडेलको गृह जिल्ला भएकाले अन्य बन्दका तुलनामा बन्दको प्रभाव बढी देखिएको छ। 

    जिल्लामा मोटरसाइकल बाहेक कुनै पनि सवारी साधन चलेका छैनन्। पूर्व-पश्चिम राजमार्गस्थित लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती लगायत प्रमुख व्यापारिक केन्द्रका औषधि पसल र साना चियापसलबाहेक सम्पूर्ण पसल समेत बन्द छन्। सार्वजनिक सवारी साधन नचलेका कारण सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका बरहथवा, ईश्वरपुर जस्ता ठूला व्यापारिक केन्द्रहरु समेत ठप्प छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको बताए। ‘अहिलेसम्म जिल्लाको अवस्था शान्तिपूर्ण रहेको छ’, प्रनाउ राठौरले भने, ‘सुरक्षाव्यवस्था कडाई गरेका छौं।’

    गत बिहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका १० चन्द्रपुर जंगलमा प्रहरीको गोली लागेर बामगती नगरपालिका २ निवासी ४७ वर्षीय पौडेलको मृत्यु भएको थियो।

    प्रहरीले भने गस्ती टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको बताउँदै आएको छ भने विप्लव माओवादी पार्टी र मृतक पौडेलका आफन्तले नियन्त्रणमा लिएर हत्या गरिएको आरोप लगाउँदै आएका छन्। 

    विगतमा विप्लवले आव्हान गरेको बन्दमा आधासरो पसलहरू खुल्ने तथा साना सार्वजनिक सवारी साधन चल्ने गरे पनि मंगलबार भने बजार तथा यातायात पूर्ण रुपले ठप्प छ। जिल्ला निवासी विप्लव नेता पौडेलको प्रहरी कारबाहीमा हत्याको विरोधस्वरुप आव्हान गरिएको बन्द भएकाले सम्पूर्ण क्षेत्रले आ-आफ्ना व्यवसाय बन्द गरेकाे व्यापारीले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]