अर्थ

काठमाडौं महानगरमा १५ देखि ८० रुपैयाँसम्मको पार्किङ शुल्क, कहाँ कति?

असार १०, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महानगरभित्रका विभिन्न स्थानमा पार्किङ शुल्क तोकेको छ। महानगरले दुई पांग्रे सवारी साधन  अर्थात मोटर साइकललाई न्युनतम १५ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँ र चार पांग्रेको लागि न्युनतम ४० देखि अधिकतम ८० रुपैयाँसम्म शुल्क निर्धार गरेको छ।

    महानगर क्षेत्रभित्रका सार्वननिक बाटोलगायत तोकिएका स्थानहरूमा सवारी साधन पार्किङ गरे बापत प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५ रूपैयाँ, चार पाङ्ग्रेका लागि ४० रूपैयाँका साथै चार पाङ्ग्रेभन्दा माथिका लागि १ सय रूपैयाँ तोकिएको छ।

    तर, न्युरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्रि शहरी क्षेत्रमा सवारी साधन पार्किङ गरे बापत प्रतिघण्टा दुई पाङ्ग्रेका लागि २५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ८० रूपैयाँ लाग्ने छ।

    निजी क्षेत्रबाट निजी घर, जग्गामा काठमाडौं महानगरबाट अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ व्यवसाय समेत सञ्चालन गर्न सकिने महानगरले व्यवस्था गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]