विश्व

दुई अर्ब खर्चिएको बिहेस्थलबाट उठेन फोहोर, नगरपालिकाले तिरायो ५४ हजार

असार १०, २०७६

    एजेन्सी : दक्षिण अफ्रिकाका उद्योगपति अजय गुप्ताका छोरा सूर्यकान्तको बिहेको अहिले भारतको उत्तराखण्डमा खुबै चर्चा भइरहेको छ। लग्जरी व्यवस्थापनसहित भएको बिहेमा २ अर्ब भारतीय रुपैयाँ खर्च गरिएको थियो।

    बिहेपछि आयोजनस्थल ट्रकका ट्रक फोहोर जम्मा भएपछि त्यसले विवादको रुप लियो। विवाद बढेपछि त्यो फोहोर उठाउन गुप्ता परिवारले औली नगर निगममा ५४ हजार रुपैयाँ जम्मा गर्नुपरेको छ। 

    समाचार अनुसार बिहेस्थलमा जम्मा भएको फोहोर नगर निगमका लागि चुनौती बनेको थियो। यो फोहोर नउठाइएपछि नगर निगम उत्तराखण्ड उच्च अदालतमा गयो। विवाद बढ्दै गर्दा निगमले फोहोर उठाएर सफाइ पनि थाल्यो।

    निगम अध्यक्ष शैलेन्द्र पन्वारले भने, 'गुप्ता परिवारको बिहेस्थलबाट अहिलेसम्म डेढ क्विन्टल फोहोर हटाइएको छ। सफाइ सकिएपछि लागेको खर्चको बिल परिवारलाई पठाउँछौँ। यसमा मजदुरको ज्याला र गाडीको भाडा पनि सामेल हुनेछ। परिवारले पूरै पैसा र निगमलाई एउटा गाडी दिने वाचा गरेको छ।'

    समाचार अनुसार निगमले फोहोर हटाउन २० कर्मचारी खटाएको छ। उच्च अदालतले जिला प्रशासन र प्रदूषण नियन्त्रणसँग ७ जुलाईसम्म प्रतिवेदन मागेको छ। 

    अदालतले बिहेका क्रममा निस्केको फोहोरले पर्यावरणमा परेको असरको प्रतिवेदन दिन पनि भनेको छ। यसबारे ८ जुलाईमा सुनुवाइन हुनेछ। उजुरीमा बिहेका क्रममा पर्यावरणलाई हानी भएको बताइएको छ।

    रामदेव पनि गएका थिए

    यस  हाईप्रोफाइल बिहेमा औली आसपासका बसै होटल र रिसोर्ट बुक थिए। बिहे समारोह १८ देखि २२ जुनसम्म भएको हो। यसमा मुख्यमन्त्री त्रिवेन्द्र रावत, बाबा रामदेव र कयौँ बलिउड स्टार सहभागी भए। 

    रामदेवले यो बिहेमा करिब ४ घण्टाका लागि योग सत्र पनि चलाएका थिए। गुप्ता परिवारले पाहुनाका लागि हेलिकोप्टर पनि भाडामा लिएका थिए। स्विट्जरल्यान्डबाट फूल मगाइएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]