राजनीति

केन्द्रमा बजेट पारित प्रदेशमा टुंगो छैन

File Photo
असार १०, २०७६

    धनगढी : संघीय सरकारको बजेट पारित हुँदा यता प्रदेश सरकारको बजेटमा भने छलफलसमेत सुरु भएको छैन । असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि बजेटमा छलफल नै सुरु हुन नसकेको हो।

    प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै संसद् बैठक मात्रै अवरुद्ध मात्रै गरेनन् रातो किताब नै जलाए।

    फेरि बैठक स्थगित

    बुधवार बिहान ८ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेश सरकारले छलफलका नसकिएको भन्दै सभामुख अर्जुन बहादुर थापालाई प्रदेशसभा स्थगित गर्न आग्रह गरेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख थापाले बताए।

    ‘बजेटमा केही असहमति रहेको भन्दै प्रदेश सभा बैठक सार्न आग्रह गरेपछि मैले बैठक स्थगित गरेको हुँ’ सभामुख थापाले भने।

    सभामुख थापाले अर्को बैठक १३ गते दिउँसो ३ बजे आह्वान गरेका छन्। यसअघि पनि दुई पटक प्रदेशसभाको बैठक स्थगित भइसकेको छ।

    बजेट  उपर्युक्त नभएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले असार ५ गतेको संसद् बैठक स्थगित गरेका थिए। त्यसपछि ९ गते बैठक आह्वान गरिएको थियो। ९ गतेको बैठक पनि प्रदेश सरकारकै आग्रहमा सभामुखले स्थगित गरेका थिए।

    प्रतिपक्षी दलका सांसदसँगै सत्तारुढ दलका सांसदहरूले पनि बजेटका विषयमा सरकारसँग रुष्ट भएपछि प्रदेश सरकारलाई समस्या परेको हो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सदस्यहरूले यही अवस्थामा प्रदेश सरकारको बजेट पारित हुन नदिने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]