काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
यस्ता छन् बजेटका विशेषता
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि आन्तरिक स्रोतबाट ५२ प्रतिशत बजेट स्रोत जुटाएको छ। महानगरले १५ अर्ब ७० करोड बढीको बजेट विनीयोजन गरेकोमा आफ्नै श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार स्रोत जुट्ने जनाएको छ।
मंगलबार नगरसभामा महानगर उपप्रमुख हरिप्रभा खड्कीले आगामी आर्थिक वर्षको पेश गरेकी हुन्। बजेट स्रोतमा बाह्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार, काठमाडौं महानगरपालिको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार र काठमाडौं महानगरपालिका अन्तर्गतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार समेत स्रोत जुट्ने अपेक्षा गरिएको छ।
यस्ता छन् बजेट विशेषता
कुल बजेटको ३९ प्रतिशत अर्थात् ५ अर्ब ९८ करोड ३० लाख २४ हजार रुपैयाँ यस क्षेत्रका लागि बिनियोजित भएको छ। यसमा उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु समेटिएका छन्। त्यसपछि धेरै बजेट छुट््याइएको सामाजिक विकास क्षेत्र हो।
खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रबर्धनका कार्यक्रमहरु समेटिएको यस क्षेत्रका ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट बिनियोजन भएको छ। यो रकम कुल बजेटको २४ प्रतिशत हो।
सस्थागत विकास तेश्रो ठूलो बजेट बिनियोजन भएको क्षेत्र हो। यस क्षेत्रका लागि ३ अर्ब ५९ करोड १८ लाख ५० हजार रुपैयाँ अर्थात् कुल बजेटको २३ प्रतिशत बजेट राखिएको छ। सेवा प्रवाह तथा सुशासन जस्ता पक्षसहित यस क्षेत्रमा अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखा परीक्षण, राजस्व परिचालन, संस्थागत क्षमता विकास, पूँजीगत सम्पत्तिको सञ्चालन र सम्भार खर्च, कार्यालय सामान तथा सेवाहरु, सेवा तथा परामर्श खर्च, कार्यक्रम सम्बन्धी खर्चहरु, अनुगमन र मुल्याङ्कन, भ्रमण अन्तर्गत हुने खर्चहरु, स्थिर सम्पत्तिको उपभोग खर्च, आन्तरिक ऋणको व्याज, सेवा शुल्क आदि पर्दछन्।
जग्गा बिकासका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार छुट््याइएको छ। त्यस्तै उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय र सहकारी क्षेत्र रहेको आर्थिक बिकासका लागि ६९ करोड ७ लाख ७४ हजार रुपैयाँ र वातावरण तथा विपद व्यवस्थापनतर्फ वाताबरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको ब्यबस्थापन, वन तथा भू (संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका लागि ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
चालु आर्थिक बर्ष २०७५/०७६ मा कुल राजस्व असुलीको अनुमान १३ अर्ब २ करोड १२ लाख ३७ हजार राखिएको थियो। जसमध्ये आन्तरिक श्रोतबाट ४ अर्ब ९० करोड २१ लाख ५७ हजार रुपैयाँ, नगद मौज्दातबाट १ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ र बाह्य श्रोतबाट ५ अर्ब ६५ करोड ५२ लाख असुली गर्ने अनुमान गरिएको थियो। त्यसै गरी काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुबाट ९८ करोड ८० हजार आम्दानी हुने आशा गरिएको थियो।
यसमध्ये चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मको अवधिमा आन्तरिक आयतर्फ ३ अर्ब ३९ करोड २ लाख १२ हजार रुपैयाँ र अन्य श्रोतबाट २ अर्ब ८४ करोड ५५ लाख ७८ हजार गरी जम्मा ६ अर्ब २३ करोड ५७ लाख ९० हजार रुपैयाँ कुल राजस्व प्राप्त भएको छ। यो संख्या अनुमानित आम्दानीको ५१.५ प्रतिशत हो। यसमा काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका आयोजनाहरुको आम्दानी समाबेश गरिएको छैन।
नगरसभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले आउँदो आर्थिक बर्षमा राजस्वको दर नभइ दायरा बढाउने नीति रहेको उल्लेख गरिन्।
बजेट पूर्णपाठः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।