प्रवास

तलब नपाएपछि कतारमा ८ महिनादेखि नेपाली युवा भोकभोकै

असार १०, २०७६

    दोहा : कतारस्थित टेक्नो मेटल कम्पनी कम्पनीमा कार्यरत नेपालीहरुले ८ महिनादेखि कम्पनीबाट तलब पाएका छैनन् । तलब नपाएपछि उनीहरू भोकभोकै बस्न बाध्य छन्। 

    कम्पनीले श्रमिकलाई ८ महिनाको अवधिमा पटक पटक गरि २ सय सय कतारी रियाल दिएको थियो। अर्को एकपटक ६ सय रियाल मात्र दिएको  मुद्दा विभाग प्रमुख नेपाली प्रववासी श्रमिक संघका उपाध्यक्ष दिनेश कटवालले जानकारी दिए  ।

    तलव नपाएका श्रमिकहरुमा नरेशबहादुर बिक, सिङ्गी तामाङ, रेशम  बहादुर पाहारी, छबिलाल घले, पृथविक्रम घर्ती,  शेरबहादुर बिक,  राजेन्द्र खड्का, शाहादेव यादव, बेगम बहादुर खड्का र धोम बहादुर खड्का छन् ।

    अलपत्र नेपाली श्रमिकलाई खानसमेत समस्या परेकोले तत्कालका लागि नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट सहयोग समुह, कतारले केहि खाद्यान्न समेत सहयोग कटवालले बताए  ।

    योगी योगेन्द्रबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]