काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
रसुवा : जिल्लामा बर्डफ्लु भेटिएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।
दुई महिना यता फैलिएको अज्ञात रोगले गाउँमा पालिएको कुखुरा धमाधम मर्न थालेपछि नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यलयले नमुना परीक्षणका लागि नुवाकोट लगिए पनि रोग पहिचान भएको थिएन। रोग पत्ता नलागेपछि थप परिक्षणका लागि गत मंगलबार पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर लगिएको थियो।
स्थानीय रामकुमार थिङ र बुद्धिबहादुर थिङले पालेको कुखुरा फर्मबाट रोगि कुखुराको केन्द्रीय पशुपन्छी प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको भोर्ले पशुसेवा कार्यालयका प्राविधिक रामशरण न्यौपानेले बताए। नमुना जाँच गरिएको कुखुरामा एच ५ एन १ भेटिएको थियो।
पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्नडा. तुलसीराम गम्पेको नेतृत्वमा 'र्यापिड रेस्पोन्स टिम' गठन गरी र अन्य आवश्यक जनशक्ति व्यवस्थापन गर्ने जिम्मा कन्ट्रोल रुप इन्चार्ज डा. जगतबहादुर सिंखडालाई तोकिएको छ। बर्डफ्लु नियन्त्रण आदेश २०६४ को दफा ६ को १ र २ अनुसार पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने बताइएको छ।
प्रशासनले संकटग्रस्त क्षेत्र तोक्यो
बर्डफ्लु को पुष्टि भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवामा सोमबार साँझ बैठक बसेर संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। संकटग्रस्त क्षेत्र घोषणा गरिएको चार किल्लाभित्रका कुखुराको खोर तथा नष्ट गरिएका स्थानहरुमा रोग फैलिन नदिन निसंक्रमणको व्यवस्था गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
रोग नियन्त्रण कार्यान्वयन गर्न नेपाल सरकार मन्त्रिस्तरको निर्णय बमोजिम थप क्षति हुन नदिन बर्डफ्लु रोग नियन्त्रण २०६४ को दफा ५ को उपदफा १ अनुसार स्थानीय रामकुमार थिङ र थिङले पालेका स्थानीय कुखुराको खोरलाई केन्द्रबिन्दु मानी चार दिशा पूर्वमा सेतीमाया तामाङको फार्मसम्म पश्चिममा बसपार्क सँगैको छहरे खोला, उत्तरमा शेषमान तामाङको घरमाथिको बारीसम्म, दक्षिणमा भीमबहादुर थिङको घरमुनिसम्मको क्षेत्रलाई अर्को व्यवस्था नभएसम्म संकटग्रस्त क्षेत्र घोषणा गरिएको भण्डारीले बताए। ती क्षेत्रबाट पन्छी र पन्छीजन्य वस्तु ओसारपसारमा रोक लगाइएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।