पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा एसइइको नतिजा सकेसम्म आज सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सकेसम्म आजै नभए भोलि नतिजा सार्वजनिक गरिने बताए।
‘धमाधम काम भइरहेको छ, आजै तयारी सकिन्छ जस्तो मलाई लाग्दैन, परीक्षा नियन्त्रक अधिकारीले भने, काम सकियो भने आजै, नभए भोलीसम्म चाहिँ नतिजा आउँछ।’ कुनै प्राविधिक त्रुटि नआए आजै बेलुकी परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गरिने उनले बताए।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन भएको एसइई परीक्षमा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए। परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।