समाज : सुरक्षा/अपराध

लागुऔषध ओसारपसार चुनौतीपूर्ण बन्यो : गृहमन्त्री

फाइल फोटो
असार ११, २०७६

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले लागुऔषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

    लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन्।

    लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयाय पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

    गृहमन्त्री थापाले भने, 'लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरू पर्याप्त छैनन्। नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहिआएको छ।'

    सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विका गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको गृहमन्त्रीले स्वीकार गरेका थिए। कानुनको सफल कार्यान्वयनसँगै रोकथाम गर्ने प्रयासलाई पनि जनस्तरसम्म पुर्‍याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गरेका थिए। लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए।

    लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रम गरी साताव्यापी रूपमा मनाइएको छ। साताको अन्तिम दिन बुधबार गृहमन्त्रालय अन्तर्गतको मूल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो।

    यस पर्ष नेपालमा 'समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषध रहित स्वस्थ्य जीवन' भन्ने नाराका साथ यो दिवस मनाइएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]