समाज

भारतको धौलीगंगा बाँध खोलिँदै, महाकालीको तटीय क्षेत्रमा ‘एलर्ट’

असार ११, २०७६

    बैतडी : भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार  खोलिने भएको  छ  । 

    एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतवाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि असार १४ गते बेलुका साढे ६ बजेसम्म सिफ्ट फ्लसिसङ सरसफाइ गर्दा महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको  हो । 

    सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपछि महाकालीमा पानीको सतह बढी हुने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रसासन कार्यालयले एक सूचना समेत प्रकाशन गरेको छ ।   

    असार १५ गते बेलुकासम्म  तटीय क्षेत्रमा बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन्। 

    परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।  

    दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न दुवै देशका प्रशासनले अनुरोध गरेका छन् । 

    २८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि सतर्कता अपनाउन सजिलो भएको छ  । वि.सं. २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो।  

     

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]