समाज : सुरक्षा/अपराध

वीरगन्जका मेयरमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात

हातपात गर्न खोजेका हुन्, पिएसओले जोगाए : मेयर सरावगी

असार ११, २०७६

    पर्सा : आफ्नै पार्टीका कार्यकर्ताले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीमाथि हातपात गरेका छन्। प्रदेश र संघ सरकारले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र गरेका काम कार्यकर्ता पाल्ने काम मात्र नगर प्रमुखले भनेपछि विवाद बढ्दा आफ्नै पार्टीका कार्यकतबाारा नगरप्रमुख सरावगीमाथि हातपात भएको हो। 

    वीरगन्ज ११ श्रीपुरमा रहेको विद्यापिठ श्रीपुर मा.वि.मा बुधबार बिहान सिसी क्यामरा र विद्युतीय हाजीरी जडानको उद्घाटन गरी फर्कने क्रममा उनीमाथि आफ्नै पार्टीका कार्यकर्ताबाट हातपात भएको छ।

    कार्यक्रमबाट फर्कने क्रममा सोही विद्यालय परिसरमा प्रदेश सरकारको ५० लाख बजेटमा बन्दै गरेको पुस्तकालय र शौचालयको निर्माणको अवलोकनपछि नगर प्रमुख सरावगीले कार्यकर्ता पाल्ने काम भनी आरोप लगाएपछि आफ्नै पार्टीका कार्यकर्तासँग विवाद सुरु भएको प्रत्यक्षदर्शीले बताए।

    आफ्नो महानगरमा संघ र प्रदेशले समन्वय नगरी बनाइरहेका संरचना रोक्न नगर प्रमुखले भने। यदि नमाने भत्काइदिनु भनी नगर प्रमुखले भनेपछि समाजवादी पार्टी नेपालकै कार्यकर्ताको अगुवाईमा बन्दै गरेको पुस्तकालय र शौचालयको विषयले हातपातको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरूले बताए। 

    हातपात गर्न खोजेका हुन्, पिएसओले जोगाए : मेयर सरावगी

    संघ र प्रदेशले महानगरपालिकाभित्र गर्ने कामका विषयमा महानगरपालिकालाई पनि थाहा होस् भनी आफूले समन्वयको कुरा गर्दा अजय चौरसिया भन्ने पार्टीकै कार्यकर्ताले हातपात गर्न खोजेको नगर प्रमुख सरावगीले स्वीकारे।

    'उनले हात उठाएपछि मैले पनि रोकें। मेरो पीएसओ आएर मलाई जोगाए उनले भने। कम्तीमा मेरो महानगरमा हुँदै गरको कामका विषयमा मलाई त थाहा हुनुपर्‍यो नि उनले तर्क गरे। महानगरपालिकासँग समन्वय गरेर काम होस्। अन्यथा संरचना भत्काइदिनु भनें।

    पार्टीकै स्थानीय नेता चौरसिया आफैँ ठेकेदार भई बनाउँदै गरेको शौचालयको विषय परेकोले उनी अलि आक्रोशित भए' नगर प्रमुख सरावगीले थाहा खबरसँग भने। 

    स्थानीय तहको निर्वाचनमा वीरगन्ज ११ को वडाध्यक्षमा केही मतले मात्र पराजित तत्कालिन फोरम हालको समाजवादी पार्टी नेपालका कार्यकर्ता चौरसियालाई हात हालाहालपछि भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

    पार्टीभित्रकै नगरप्रमुख र वीरगन्ज ११ का वडाध्यक्षका पराजित उम्‍मेद्वार चौरसिया लगायतका बीचको हात हालाहाल सही भएको समाजवादी पार्टी नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले पनि बताए।

    श्रीपुर विद्यालयको परिषरसँगै बन्दै गरेको देवकोठा पुस्तकालय र शौचालयका बिषयमा नगरप्रमुखले भत्काइदिनु भनेपछि त्यसैमा विवाद भएको रहेछ। सुरुमा नगर प्रमुखले नै हात उठाएपछि अजय चौरसिया लगायतका स्थानीय नेता कार्यकर्ताले पनि हातपात गरेछन् उनले भने।

    त्यस्तो अप्रिय कदम दुवै पक्षबाट नहुनुपर्थ्यो उनले थपे। मेयर सरावगीलाई हातपात गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका चौरसियालाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक छत्रबहादुर मल्लले बताए।  

तुलसी भण्डारी

भण्डारी थाहा खबरका पर्सा समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]