समाज

कुपिण्डे तालमा तीन दिनदेखि युवक वेपत्ता

असार ११, २०७६

    सल्यान : जिल्लाको कुपिन्डे तालमा पौडी खेल्न गएका एक युवक विगत तीन दिनदेखि वेपत्ता भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका-८ मा रहेको कुपिन्डे तालमा पौडी खेल्न गएका सोही ठाउँका ३८ वर्षीय गोकुल बुढा वेपत्ता भएका हुन्।

    सोमबार बेलुका साथीसँग पौडी खेल्न गएका बुढाको शव अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीसँग पौडी खेल्न गएका अरू साथी भने सकुशल रहेको प्रहरीले बताएको छ। बुधबार पनि खोजी कार्य भइरहेको र शव फेला नगरे गोताखोरलाई बोलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए।

    पौडी खेल्न निकै जोखिम मानिने तालमा स्थानीय प्रशासनले पटक पटक पौडी नखेल्न आग्रह गर्दै आइरहेको छ। पौडीका लागि ताल उपर्युक्त नरहेको भन्दै डुंगा सवार गर्दासमेत लाइफ ज्याकेटको प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ। कुपिन्डे ताल झन्डै ३३ मिटर गहिरो रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]