अर्थ

सल्यानका तीन नगरपालिकाको बजेट १ अर्ब

असार ११, २०७६

    सल्यान : सल्यानका तीन नगरपालिकाले एक अर्ब बढीको बजेट सार्वजनिक गरेका छन्। सबैभन्दा धेरै बागचौर नगरपालिकाले बजेट सार्वजनिक गरेको हो।

    आर्थिक वर्ष २०७६/०७७ का लागि बागचौर नगरपालिकाले ४९ करोड ४९ लाख, ४९ हजारको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख कल्पना पुनले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ रु ९ करोड ७१ लाख ९८ हजार र पूँजीगततर्फ १४ करोड ५२ लाख १८ हजार र शसर्त अनुदान चालु र पूँजीगत गरेर रु २१ करोड ७३ लाख रहेको छ।

    पाँचौ नगरसभाले नगरको समृद्धिका लागि नगरपालिका भित्रशहिद रिङ्गरोड, विद्युतीकरण, कृषि तथा पशुपालन, सबै वडामा स्वास्थ्य चौकी तथा क्लिनिक, नगरस्तरीय खेलमैदान, चिस्यानकेन्द्र निमार्ण, पानीका मुहान संरक्षण, जेष्ठ नागरिक भेटघाट कार्यक्रम, माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा, लगायतका कार्यक्रम सार्वजनिक गरेको छ।

    बन्गाड कुपिन्डे नगरपालिकाको ४७ करोड

    बन्गाड कुपिन्डे नगरपालिकाले ४७ करोड ३८ लाख ८६ हजार बराबरको सिलिङ पेश गरेको छ।

    आर्थिक वर्ष २०७६/२०७७ बजेट ४७ करोड ३८ लाख ८६ हजार बराबरको प्रस्तुत भएको छ। जसअन्तर्गत चालूतर्फ २८ करोड १० लाख र पूँजीगततर्फ १९ करोड १० लाख बजेट विनियोजन गरिएको छ। आन्तरिक राजश्वतर्फ ५० लाख अनुमानित गरिएको छ।

    संघीय सरकारबाट ३३ करोड ११ लाख, राजस्व बाँडफाँड संघ र प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदानबापत ११ करोड २९ लाख ४२ हजार रहेको छ। जसअन्तर्गत वित्तीय सामानीकरणतर्फ १ करोड ५ लाख ४४ हजार कृषितर्फ ५० लाख, सिँचाइतर्फ ६९ लाख, भाषा सास्कृतिक र कलातर्फ ५० हजार, कुपिण्डे ताल डिपिआर र पूर्वाधारतर्फ ४० लाख छुट्याइएको बजेट उपप्रमुख मञ्जु यरी सार्वजनिक गरिन्।

    यस्तै, सडक पूर्वाधारतर्फ ५ करोड ३९ लाख, उज्यालो कार्यक्रममा १ करोड २४ लाख, नगरपालिकाको भवन निर्माण २ करोड, सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाको लागि २ करोड ११ लाख, स्वास्थ्यमा १ करोड ५५ लाख, युवा खेलकुदमा २० लाख, खेलकुद फिल्ड निर्माण २० लाख, खानेपानी १ करोड ८९ लाख, लक्षित वर्गको लागि ८० लाख, विपत् व्यवस्थापनमा १ करोड ६८ लाख ८६ हजार र कार्यालय व्यवस्थापनलगायत विविध क्षेत्रमा ९ करोड ५० लाख बजेट प्रस्तुत भएको छ।

    जेष्ठ नागरिकलाई मासिक ३ सय स्वास्थ्य भत्ता

    शारदा नगरपालिकाले जेष्ठ नागरिकलाई मासिक तीन सय स्वास्थ्य भत्ता दिने भएको छ। पाँचौ नगरसभाले जेष्ठ नागरिकलाई स्वास्थ्य भत्ता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

    नगरसभाले नगरभित्रका सबै सिँचाइ कुलोलाई पक्की बनाउने, सबै वडालाई सदरमुकामसम्म जोडन सडकको स्तरवृद्धि गर्ने, सबै वडामा विद्युतीकरण गर्ने, जेष्ठ नागरिकलाई दिँदै आएको दुई हजार रुपैयाँलाई यथावत राखिने, खानेपानीको अभावलाई नियन्त्रण गर्न दीर्घकालीन योजना बनाउने लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    एक करोड ५१ लाख, २६ हजार आन्तरिक स्रोतको अनुमान गरेको नगरपालिकाले जम्मा ४६ करोड १६ लाख ९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]