खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधी एपिएफलाई

असार ११, २०७६

    कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ च्याम्पियन बनेको छ। बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई छ विकेटले हराउँदै एपिएफ प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लगातार चौँथो पटक च्याम्पियन बनेको हो। 

    एपिएफले टस जितेर ब्याटिङ रोजपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७१ रन बनाएको थियो। उसका लागि रुवी पौदारले सर्वाधिक २४ र कविता कुँवरले २२ रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

    एपिएफका लागि कसिलो बोलिङ गर्ने क्रममा करिणा भण्डारी र कप्तान सीता राना मगरले उत्कष्ट प्रदर्शन गरे। फाईनल प्रतियोगितामा दुवै बोलरले समान तीन–तीन विकेट लिए। त्यस्तै सोनु खड्का, रेखा रावल र ममता चौधरीले पनि समान एक–एक विकेट हात पारे।

    ७२ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको एपिएफले १४ ओभरमा लक्ष्य भट्टायो। उसका लागि ईन्दु वार्माले हिट ब्याटिङ गर्दै १८ बलमा चार चौकासहित २२ रनको उत्कृष्ट पारि खेलिन्।

    त्यस्तै, ओपनर ब्याट्स वीम्यान टीम कप्तान सीता राना मगर र ज्योति पाण्डेले १७ रन तथा सीता मगर दुई तथा ममता चौधरी र सोनु खड्काले समान ३–३ रनको योगदान गरे।

    सुदूरपश्चिमका लागि टीम कप्तान जानकी भट्टले दुई विकेट लिए पनि जितका लागि प्रर्याप्त भएनन्। फाइनल खेलको प्यलेयर अफ द म्याच एपिएफकी टीम कप्तान सीता राना मगर भइन्। उनले टुर्नामेन्टको सिरिजसमेत जितेकी छिन्। प्रतियोगिता भरिमा कप्तान मगरले ७१ रन बनाउनुका साथै छ विकेट लिएकी छिन्।

    त्यस्तै, प्रतियोगितामा वेष्ट बोलर प्रदेश ३ की खुसी डंगोल र वेष्ट व्याट्स वीम्यान कविता कुवर भइन्। प्रतियोगिता भरिमा बलर डंगोलले छ विकेट हात पारेकी थिइन भने ब्याट्स वीम्यान कुवँरले ७२ रनको योगदान गरेछिन्।

    उपाधि जितेसँग एपिएफले पाँच लाख नगद तथा ट्रफ्री हात पारेको छ भने सुदूरपश्चिमले तीन लाख नगद तथा ट्रफ्रीमा चित्त बुझायो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]